धनगढी : प्रेम आले चर्चित नाम
२०७० सालमा डोटी क्षेत्र नम्बर ख बाट संबिधानसभा सदस्य बनेका आले यस पटक आफ्नै पुर्व सहकर्मीसंगको चुनावी प्रतिस्प्रधामा छन् । नेकपा एमालेबाट २०७० सालको संबिधानसभा निर्वाचनमा डोटी क्षेत्र नम्बर ख बाट निर्वाचित आले यस पटक एमालेकै गौरी ओलीसंग भिड्दै छन् । २०७४ सालमा बाम गठबन्धनका साझा उमेदवार बनेका आले नेपाली काग्रेंसका बिर बहादूर बलायरलाई पराजित गर्दै डोटीबाट प्रतिनिधीसभा सदस्यमा बिजयी भएका थिए ।
त्यसपछि केपी सर्मा ओली नेतृत्वको सरकारमा आले २ पटक बन तथा वातावरण मन्त्री बने । नेपाल कम्युनिस्ट पार्टी नेकपामा माधव नेपाल तथा प्रचण्ड समुह र केपी ओली समुहबिच बिवाद रहँदासम्म आले ओली समुहमै थिए । उनले ओली समुहमै रहेर प्रचण्ड÷माधव नेतृत्वका नेताहरुलाई तथानाम गाली गर्न समेत भ्याए । तर नेकपा एमाले पुर्बवत अवस्थामा फर्किसकेपछि माधव नेपाल नेतृत्वको टिममा गएर आलेले शेर बहादूर देउवालाई प्रधानमन्त्री बन्न सघाए । सोही गुन तिर्नका लागी माधव नेपाल र प्रधानमन्त्री शेर बहादूर देउवाले आलेलाई संस्कृती, पर्यटन तथा नागरिक उड्यान मन्त्री बनाए ।
मन्त्री हुँदा कहिले बिवादमा त कहिले राम्रा कामले आले चर्चामै रहे । बन मन्त्री हुँदा आलोचना मात्रै खेपेका आलेले पर्यटन मन्त्री हुँदा निकै प्रशंसापनि पाए । आलेका कामप्रती अधिकासं जनताले प्रसंसा गरे । एमालेबाटै बिजयी भएर २ पटक मन्त्री बनेका आले पर्यटन मन्त्री हुँदा माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीमा थिए । हाल समाजवादी पार्टीका पोलिटब्युरो सदस्य समेत रहेका आले सत्ता गठबन्धनका साझा उमेदवार बनेर डोटीबाट प्रतिनिधीसभा सदस्यका लागी मनोनयन दर्ता गरेका छन् । आले र संबिधानसभा सदस्य तथा एमाले पोलिटब्युरो सदस्य गौरी ओलीबिच चुनावी प्रतिस्प्रधा हुन लागेको छ ।
डोटी काग्रेंसले गठबन्धन नचाहेरैपनि आलेलाई गठबन्धनको उमेदवार बनाएर पठाइएको छ । आलेका पुर्व प्रतिस्प्रधी काग्रेंस सुदूरपश्चिम सभापति बिर बहादूर बलायर भने कैलाली क्षेत्र नम्बर ४ बाट गठबन्धनका साझा उमेदवार बनेका छन् । डोटीमा गठबन्धनले आलेलाई साथ दिन्छ की नाई भन्ने चासोको बिषय बनेको छ । काग्रेंस बाहुल्यता भएको क्षेत्रमा समाजवादीका उमेदवारले मत पाउने की नाई भन्ने आम चासोको बिषय बनेको छ ।
तर नेकपा एकिकृत समाजवादी पार्टीका डोटी जिल्ला अध्यक्ष दीर्घ बोगटी भने गठबन्धन प्रेम आलेका लागी मात्रै नभई देशभरी गठबन्धन भएका कारण मर्म अनुसार डोटीमापनि गठबन्धनका दल एक रहेको दावी गर्छन् । गठबन्धन संस्थागत रुपमा भएको छ यहाँ कुनै ब्यक्तीले बोलेको भर हुँदैन बोगटीले भने “गठबन्धनको निर्णय कार्यान्वयन हुन्छ, डोटीमा आलेको बिकल्प नी हुँदैन् ।” प्रेम आले भनेको राष्ट्रको उदाहरणिय मान्छे हो उहाँ डोटीका लागी मात्रै होइन बोगटीले भने “आलेले डोटीको बिकासमा कायापलट गरेको सबै जनतालाई थाहा छ, यत्रो काम गरेको देशको हितमा काम गरेको मान्छे नजित्ने कुरै हुँदैन, आले चुनाव जित्नेमा ढुक्क छौँ ।” तर एमाले उमेदवार कमजोर भन्दैनौँ उनले भने “अहिले हामी फरक ठाउँमा छौँ नेपालमा कम्युनिस्ट कति पटक फुटेका छन कति पटक जुटेका यो भइरहन्छ अहिले हामी र हाम्रै पुर्व पार्टीका उमेदवार बिच प्रतिस्प्रधा भएपनि हामी सौहार्दपुर्ण वातावरणमा चुनाव जित्ने छौँ ।”
तर नेकपा एमालेलेपनि गठबन्धनसंग भिड्न निकै तयारी थालेको छ । नेकपा एमाले डोटी सचिव शेर मल्लका अनुसार मनोनयन पछि पार्टी जिल्ला कमिटि बैठक बसेर निर्वाचन तयारीका लागी बिभिन्न कमिटिहरु निर्माण गरिएका छन् । पार्टीले क्षेत्रिय निर्वाचन कमिटि, निर्वाचन परिचालन कमिटि निर्माण गरेर क्षेत्रका बैठकहरु सम्पन्न गरिसकेको मल्लले बताए । हाम्रो पार्टी डोटीमा कमजोर भएको छैन हामी संगठित भएर यो गठबन्धनसंग जुध्दैछौँ मल्लले भने “गठबन्धनसंग जुध्न त्यती सजिलोनै त छैन तर अब डोटेली जनताले पटक÷पटक पुरानै अनुहार चाहेका छैनन, हाम्रो उमेदवार नयाँ भिजनको नयाँ हुनुहुन्छ गठबन्धनको उमेदवार पुरानो हुनुहुन्छ त्यस कारणपनि हामीलाई जनताले रोज्नुहुने छ ।”
हाम्रो उमेदवार गौरी ओली संबिधानसभा सदस्य भइरहेको एउटा महिला आन्दोलनकी खम्बा हुनुहुन्छ उनले भने “पार्टी पोलिटब्युरो सदस्य समेत रहेकी ओली अन्य उमेदवार भन्दा कमजोर हुनुहुन्न, उनको त्याग, योगदान जनताका लागी थुपै्र छन् त्यस कारण नेकपा एमालेको उमेदवार यसपाली जित्नुहुने छ ।” प्रदेशमापनि नयाँ जोश र भिजन भएको उमेदवार हामीसंग हुनुहुन्छ मल्लले भने “प्रदेशसभा क बाट चक्र मल्ल डोटी जिल्ला अध्यक्ष हुनुहुन्छ र २०७४ मा झिनो मतले प्रदेशसभा सदस्यमा पराजित हुनुभएको हो सबैभन्दा योग्य उमेदवार मल्ल हुनुहुन्छ, यस्तै टेक बम युवा तथा अग्रजहरुमाझँ लोकप्रिय हुनुहुन्छ उहाँ नयाँ भिजन बोकेका बमपनि लोकप्रिय मतका साथ बिजयी हुनुहुन्छ ।”