बैतडी। बैतडीमा पहिरोले दुइ घर भत्किएका छन् । लगातारको वर्षाका कारण बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ बान्नी टोल गताडका राम बहादुर कुँवर र हर्क बहादुर कुँवरको छ÷छ कोठे घर भत्किएको हो।
लगातारको वर्षाका कारण घर माथिबाट खसेको पहिरोले घर भत्किएका प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार पहिरोले मानवीय क्षति नभएपनि घरभित्र बसेका दुई जना महिला घाईते भएका छन् । यस्तै पत्थरले छाएका घर भत्किदा गोठमा बाँधेका दुई ओटा भैंसी, दुई गाई र १० बाख्रा पनि घाइते भएका छन्। पहिरोले घर भत्किएर विस्थापित परिवार आफन्तको आश्रयमा बसिरहेका छन् ।