धनगढी : सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रको भागमा परेको बैतडीमा काग्रेंस नेताले स्वतन्त्र उमेदवारी दिएका छन् । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरेन्द्र कुँवर बिजय सुन्दरले उमेदवारी दर्ता गराएसंगै नेपाली काग्रेंसका नेता तथा पाटन नगरपालिकाका निबर्तमान मेयर केशव बहादूर चन्दले स्वतन्त्र उमेदवारी दिएका हुन् ।
काग्रेंसको बाहुल्यता भएको क्षेत्रमा माओवादीलाई टिकट परेपछि काग्रेंसकै कार्यक्रताको सल्लाहमा स्वतन्त्र उमेदवारी दिएको चन्द बताउँछन् । पार्टीले क्षेत्रिय र प्रदेश कार्यसमितिको निर्णयलाई नहेरी सिधै गठबन्धनमा माओवादीलाई टिकट दिने निर्णय गरेको भन्दै चन्दले स्वतन्त्र उमेदवारी दिएका हुन् । चन्दले नेपाली काग्रेंसको सबैभन्दा बढी कार्यक्रता, मतदाता रहेको क्षेत्रमा अन्य दललाई टिकट दिइनुले काग्रेंस कार्यक्रता रुस्ट बनेको बताए । सोही रुस्ट कार्यक्रताको सल्लाहमा आफुले उमेदवारी दिएको उनले बताए ।
लामो समय बैतडीका जनताका लागी काम गरेको र कसैका लागीपनि नराम्रो नगरेका कारण आफु चुनाव जित्नेमा ढुक्क रहेको चन्द बताउँछन् । बैतडीका जनताले गठबन्धन नचाहेको बताउँदै स्वतन्त्रबाट आफु चुनाव जित्ने उनले दावी गरे ।
यता प्रदेशसभा क मा काग्रेंस नेता हरी मोहन भण्डारीलेपनि स्वतन्त्र उमेदवारी दिएका छन् । गठबन्धनबाट काग्रेंसकै भागमा परेको प्रदेशसभा क क्षेत्रमा काग्रेंस बैतडीका उप सभापति बिर बहादूर बिष्टले टिकट पाएका थिए । बिष्टको बिरुद्धमा भण्डारीले स्वतन्त्र उमेदवारी दिएका हुन् ।
यता नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य नरेन्द्र बिष्टलेपनि प्रदेशसभा क मा उमेदवारी दिएका छन् । समाजवादीको भागमा बैतडीको कुनै क्षेत्र नपरेपछि उनले गठबन्धन बिरुद्ध उमेदवारी दिएका हुन् ।