डडेल्धुरा।डडेल्धुरामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवार दर्ता गराएका सागर ढकालले अब २ दिन देशका लागि निराहार व्रत बस्ने बताएका छन्। प्रतिनिधि सभाको निर्वाचन लड्ने गुल्मीका ढकालले डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनका साझा उम्मेदवार देउवाविरुद्ध ढकालले आइतवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएपछि उनले अब २ दिन देशका लागि निराहार व्रत बस्ने बताए ।
बिहान उठेर नुहाएर जपपाठ गरेर आएर उम्मेदवारी दर्ता गराएँ। अबको दुई दिन देशका लागि निराहार व्रत बस्छु, ढकालले भने । नयाँ युगको सुरुवात भएको र हामी चुनावी तयारीमा जुटिसकेको बताए। बीबीसीको साझा सवाल कार्यक्रममा तपाईं बड्दा बोल्दै हुनुहुन्छ भनेर देउवाले ढकाललाई थर्काएको भिडियो क्लिप भाइरल नै बनेको थियो। देउवालाई कडा प्रश्न सोधेर चर्चामा आएका ढकाल देउवाविरुद्ध उम्मेदवारी दिनकै लागि डडेल्धुरा पुगेका हुन् ।