बैतडी। बैतडीमा जिल्ला प्रशासन कार्यालयले १५ दिन भित्र हातहतियार बुझाउन निर्देशन दिएको छ। आज एक सूचना जारी गरेर बैतडी प्रशासनले इजाजत प्राप्त हातहतियार १५ दिन भित्र बुझाउन निर्देशन दिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले आगामी मंसिर ४ गते हुने प्रतिनिभि सभा तथा प्रदेश सभा निर्वाचनलाई ध्यानमा राखेर हातहतियार बुझाउन अनुरोध गरिएको जानकारी दिए ।
सूचनामार्फत निर्वाचनलाई शान्तीपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नका लागि इजाजत प्राप्त गरि व्यक्तीगत रुपमा राखिएका हातहितयारहरु नजिकको प्रहरी इकाइमा बुझाउन भनिएको छ । बुझाइएका हातहतियार निर्वाचनपछि फिर्ता गरिने जनाइएको छ। अबको १५ दिन सीमा भित्र इजाजत प्राप्त हातहतियार नबुझाउने लाई कानुन अनुसार कारबाही गरिने बैतडी प्रशासनले जनाएको छ।