डोटी। डोटीमा गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने निर्णय भएको छ। आज पार्टी कार्यालयमा नेपाली कांग्रेस डोटीका ९ वटै पालिका पदाधिकारीहरुको बैठक बसेकोे बैठकमा पालिका कमिटीहरुले गठबन्धनका उम्मेदबारलाई भोट नहाल्ने निर्णय गरेका हुन्। डोटीका ९ वटै पालिका पदाधिकारीहरुको बैठक बसेको बैठकले गठबन्धनका उम्मेदवारको प्रचार–प्रसार नगर्ने र भोट नहाल्ने निर्णय गरेको जनाइएको छ। बैठकमा जिल्लाका नौ वटै पालिकाका सभापति तथा पदाधिकारीहरुको सभागिता रहेको थियो।
बैठकले कांग्रेस केन्द्रीय कमिटीले डोटीमा गठबन्धन गर्न गरेको निर्णय नमान्ने जनाउँदै डोटी कांग्रेसको मर्म विपरित गरिएको निर्णयका विरुद्ध गएर प्रचार प्रसार र मतदान नगर्ने जनाएको दिपायल सिलगढी नगरपालिकाका नगर कमिटी सभापति गणेश मलासी बताए । जिल्लामा नेपाली कांग्रेसको परिवेश र स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मत परीणाम अनुसार गठबन्धन आवश्यक नरहेको बैठकबाट निष्कर्ष आएको बताए ।
उनले विगतमा कांग्रेसका विरुद्ध षडयन्त्र गर्ने व्यक्ति कुनै पनि हालतमा स्वीकार्न नसकिने बताए । गठबन्धनका नाममा कांग्रेसलाई क्षति हुनबाट बचाउन र डोटेली मतदाताको आवश्यकता, चाहनाको कदर गर्दै अगाडी बढ्ने अठोटका साथ सम्पूर्ण पालिका सभापति तथा पदाधिकारीको सल्लाह अनुसार गठबन्धन नगर्न केन्द्रीय समितिलाई दवाव दिने निर्णय रहेको उनको भनाई छ । यतायसअघि जिल्ला कार्य समितिले समेत गठबन्धन स्वीकार नगर्ने निर्णय गरेको थियो। कांग्रेसको भातृ संगठन तरुण दलले पनि प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाका सबै भातृ र शुभेच्छुक संगठनहरुले समेत गठबन्धन स्वीकार्य नहुने जनाउँदै गठबन्धन स्वीकार गर्न नसकिने जनाएको थियो।केन्द्रीय कमिटीले जवरजस्ती लाद्न खोजेको निर्णयले कांग्रेसका नेताहरुमा अन्यौल्ता छाएको छ। जिल्लाका नेताहरुलाई बाहीर पठाएर समाजबादीलाई जिल्ला सुम्पिन खोजेको भन्दै चर्को बिरोध छ। केन्द्रले गठबन्धनको निर्णय नसच्याए विद्रोही उम्मेदवार खडा गरेर निर्वाचनमा जाने सम्भावना बढेको देखीएको छ । भने गठबन्धनका कारण जिल्लामा स्वतन्त्र उम्मेदवार अथवा नेकपा एमालेले मौका पाउने सम्भावना रहेको चर्चा पनी हुन थालेको छ ।