धनगढी। अपाङ्गगता भएका नागरिकले कैलालीका सरकारी कार्यालयमा अपाङ्गगता मैत्री भौतिक संरचना निर्माण नभएको बताएका छन् । राष्ट्रि«य अपाङ्ग महासंघ सुदुरपश्चिम प्रदेश कार्यालयद्धारा सञ्चालित हामीलाई पनी समाबेश गर भन्ने परियोजना अन्तरगत न्याय सम्बन्धि काम गर्ने कार्यालयहरुको अनुगमन र परिक्षणका क्रममा उनीहरुले सो कुरा बताएका हुन् ।
राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपश्चिम प्रदेश कार्यालयले बुधबार र बिहीबार कैलाली र कञ्चनपुरका न्याय सम्बन्धि काम गर्ने कार्यालयहरुको पहुँच युक्तता परिक्षणका गरिएको थियो । जस अन्तरगत धनगढी उपमहानगरपालीकाको कार्यालय, जिल्ला अदालत कैलाली, वार एशोसियसन, जिल्ला सरकारी वकिलको कार्यालय कैलाली, राष्ट्रिय मानव अधिकार आयोग सुदुरपश्चिम कार्यालय, धनगढी वडा नम्बर २ को कार्यालय, वडा नम्बर २ को स्वास्थ्य केन्द्र तथा कञ्चनपुरको बेलौरी वडा नम्बर ३ को कार्यालयमा अपाङ्गगता मैत्री भए,नभएको र मापदण्ड बने नबनेको बारेमा पहुँच युक्तता परिक्षण गरिएको हो । कैलालीको बर्दगोरीया गाउँपालीका ५ का अपाङ्गगता भएका भिम कुश्मीले सरकारी कार्यालयहरुमा सरल सहज र स्वतन्त्र रुपमा कामकाज गर्न समस्या भएको बताए । कुनैपनी सरकारी निकायमा जाँदा अपाङ्गगता मैत्री संरचना नबन्दा सेवा लिन निकै समस्या भएको उनको भनाई छ । सरकारले मापदण्ड तोकेपनि कार्यान्वयन नभएको उनले बताए । यस्तै राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपश्चिमका कार्यसमिती सदस्य हरिश नेपालीले शारिरीक अवस्थामा दृश्टीबिहिन र बहिरा अपाङ्गगता भएका ब्यक्तीहरुका लागी सरकारी कार्यालयमा हुनुपर्ने संकेत नभएको, हाइट अनुसार सुचना पार्टिहरु नराखिएको बताए । यस्तै उनले अपाङ्गगता भएका बालबालीका, महिलाकाका लागी सरकारी कार्यालय, न्यायीक कार्यालयहरुमा अपाङ्गगमैत्री संरचना नभएको बताउँदै कुन ठाउँमा के सुबिधा भएको जानकारी पाउनबाट बञ्चित भएको उनले गुनासो गरे । यस्तै यता कतिपय सरकारी कार्यालयहरुले पनी अपाङ्गगता मैत्री भवन, सेवाग्राहीको सहज पहुँच, शौचालय, खानेपानीको उचित ब्यवस्था नभएको स्वीकार गरेका छन् । भने कतिपयले पहिला नै मापदण्ड अनुसार बनेकोले सो अनुसार बनाउन नसकिएको बताए। उनीहरुले अब बन्ने संरचना अपाङ्गगता मैत्री बन्ने आश्वासन दिएका छन् । यस्तै जिल्ला अदालत कैलालीका श्रेस्तेदार राइभान कुञ्जेडाले करिब १० बर्ष अघिको पुरानो संरचना भएकोले सबै कुराको ज्ञान अभावले अपाङ्गगता मैत्री संरचना बन्न नसकेको स्वीकार गरे । उनले अब बन्ने संरचना मापदण्ड अनुसार बन्ने बताएका छन् । राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष मान बहादुर साउँदले हामीलाई पनी समाबेश गर भन्ने परियोजनाले सुदुरपश्चिमका प्रमुख शहरका सरकारी भवनको अनुगमन गरीरहेको बताए।
पुराना बनेका संरचना र बन्दै गरेका सरकारी निकायका भवनहरु कती भवन अपाङ्गता मैत्री छन् , भन्ने बारेमा अनुगमन भैरहेको बताएका छन् । उनले ह्वील चियर, बहिरा ब्यक्ती तथा दृश्टीबिहीन ब्यक्तीहरु बढी जसो वडा कार्यालय, स्वास्थ्य चौकीमा अवरोध हुने गरेको बताए । ति कार्यालयहरुमा र्याम्प बनेको भएपनी अपाङ्गता मैत्री भएको छैन्, उनले भने । हाम्रो समाजमा रहेका अपाङ्गता भएका ब्यक्तीहरुका लागी सहज पहुँच हुनुपर्ने हुन्छ।उनले सरकारी कार्यालयले कमसेकम संरचना बनाउँदा यी कुरामा ध्यान दिनुपर्ने सुझाब दिएका छन् । राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष साउँदले अपाङ्गता भएका ब्यक्तीहरुको पहूँन अभिबृद्र्धीका लागी बिभिन्न कार्यक्रमहरु ल्याइरहेको बताए । यस्का लागी राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपश्चिम प्रदेश लागी रहेको बताए । हामीले गर्नुपर्ने सहजताका लागी सरकारी निकायसम्म पनी समन्वय र सहकार्य गरिरहेको उनको भनाई छ। यस्तै धनगढी वडा नम्बर २ का अध्यक्ष धर्मराज ओझाले पनी वडा कार्यालयको भवन अपाङ्गता मैत्री नभएको स्वीकार गरेका छन् । यस्का लागी नेपाल सरकार र मापदण्ड बनाउन पनी नेपाल सरकारको निती नियम अनुसार धनगढी उपमहानगरपालीकासँग समन्वय गरेको र पहल भैरहेको उनले बताए । धनगढी वडा नम्बर २ को वडा कार्यालय भवनको अनुगमन तथा निरीक्षणका क्रममा सरस्वती बुढाथोकीले अपाङ्गता भएका ब्यक्तीका लागी २ वटा कुरामा बिशेष जोड दिइएको बताईन्। उनले अपाङ्गता भएका ब्यक्तीका लागी न्यायमा पहूँच र भौतिक संरचना अपाङ्गता मैत्री हुनुपर्यो। हामीले १० प्रकारका अपाङ्गता भएका ब्यक्तीलाई छ्ट्याएकाले उनीहरुको न्यायमा पहूँच र भौतिक संरचना बन्नुपर्ने कार्यक्रम ७ वटै प्रदेशमा यस्तो कार्यक्रम लागु भएको बताईन्।कार्यक्रममा इन्जीनियरहरुले भवनहरु अपाङग मैत्री छन् की छैनन् भनेर नापजाँच पनी गरेका थिए ।