कञ्चनपुर। लगातार परिरहेको अविरल वर्षाले महाकाली नदीमा पानीको जलस्तर बढेको हो।महाकाली नदीमा पानीको वहाव बढेसंगै नेपाल–भारत जोड्ने महाकाली नदीमा बनेको शारदा ब्यारेजमा आवागमनमा रोक लगाईएको छ। जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा आवागमन रोक लगाएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले नदीमा पानीको सतह बढेर एक लाख ६४ हजार क्युसेक पुगेको प्रहरीले बताएको छ। पानीको सतहले खतराको चिन्ह्र नाघेपछि भारतीय पक्षले शारदा ब्यारेजमा आवागमनमा रोक लगाएको बताएको छ। प्रहरीले लगातार वर्षा हुन थालेपछि जिल्लाभरीमा सुरक्षा सर्तकता अपनाएको छ । नदी तटीय क्षेत्रका सर्वसाधारणलाई सुरक्षित बस्न आग्रह गरिएको छ ।