डोटी। डोटीमा भिरबाट लडेर एक जना वृद्धा गम्भीर घाइते भएकी छिन्। डोटीको शिखर नगरपालिका वडा नम्बर ३ देकुरालीकी ६० वर्षीया पवि सार्की लडेर घाइते भएकी हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी राज जोशीले कालागाडबाट घर जाने क्रममा उनी लडेर घाइते भएको बताए ।
प्रहरी निरीक्षक जोशीका अनुसार घाइते वृद्धाको टाउको र घाँटीमा चोट लागेको छ। भिरबाट लडेर करिब २ सय मिटर तल खसेकी थिइन्।उपचारका लागि राजपुरमा रहेको सुजङ्ग अस्पतालमा पुर्याइएकोमा थप उपचारकालागि डडेलधुरा अस्पताल रिफर गरिएको छ।अहिले उनको उपचार भइरहेको जनाइएको छ।