कैलाली। कैलालीको अत्तरिया बसपार्कमा शंकास्पद अवस्थामा भेटीएकी महिलालाई स्थानीयले प्रहरीलाई बुझाएका छन् । सामाजिक संजालमा बच्चा चोर्ने महिला नेपाल भित्रीएको भन्ने हल्लाका आधारमा शंकास्पद महिलालाई स्थानीयले प्रहरीलाई बुझाएका हुन्।
बच्चा चोरेको भन्ने प्रमाणीत नभएको तर एकजना भारतिय महिलालाई स्थानीयले प्रहरीलाई बुझाएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रविन्द्रराज पाण्डेयले बच्चा चोरेको फेला पारेको होईन तर एकजना महिलालाई स्थानीयले प्रहरीलाई बुझाएको भने । केहिदिनदेखी बच्चा चोर्ने गिरोह नेपाल भित्रीएको भन्दै सामाजिक संजालमा विभीन्न फोटो तथा भिडीयोहरु देखीएका छन् । ति महिलामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।