डोटी। डोटीमा चोरीमा संलग्न रहेको आरोपमा चक्कु सहित युवक पक्राउ परेका छन् । डोटीको आदर्श गाउँपालिका–१ सिर्कलाका २९ वर्षीय शंकर खड्का चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। खड्कालाई आदर्श गाउँपालिका–२ साउनकाँडाको जंगलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मौवाका प्रहरी नायव निरीक्षक नरेन्द्र टमटाले बताए।
स्थानीयले दिएको सूचनाको आधारमा उनलाई चक्कु सहित पक्राउ गरिएको प्रहरी नायव निरीक्षक टमटाले बताए । भदौ १ गते ओल्के पर्व मनाउन माइत हिँडेकी सायल गाउँपालिका– ६ कटुवालगाउँकी २७ वर्षीय पार्वती कटुवालले लगाएको सुनको गरगहना लुटिएको थियो। आदर्श गाउँपालिका –३ मा पर्ने अलिचौर जंगलमा अपरिचित व्यक्तिले चक्कु देखाएर गहना लुटपाट गरेको भन्दै कटुवालले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसको केही दिन पछि सायल गाउँपालिकाका एक वृद्ध महिलाको घरमा चोरी भएको थियो। पक्राउ परेका खड्कालाई भेटाउदा गहना लुटिएकी महिलाले उनले नै आफ्नो गहना लुटेको दावी गरेकी छिन्,‘प्रहरी नायव निरीक्षक टमटाले भने,‘घटनाको थप अनुसन्धानका लागि खड्कालाई जिल्ला प्रहरी कार्यालयमा पठाएका छौं ।’