बैतडी। नेकपा माओवादी केन्द्र बैतडीले संघ र प्रदेशका उम्मेदवार सिफारिस गरेको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि बैतडीमा माओवादी केन्द्रले संघ र प्रदेशका उम्मेदवार सिफारिस गरेको हो। सिफारिस हुनेमा संघीय सांसदमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्रबहादुर कुँवरको नाम सर्वसम्मत सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ।
कुँवर २०६४ सालको निर्वाचनमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। यस्तै संघीय सांसदमा समानुपातिकतर्फ लक्ष्मी ओड र स्वेता भट्टको नाम सिफारिस गरिएको छ। प्रदेशसभा क्षेत्र नम्बर (क) बाट प्रत्यक्षतर्फ जिल्ला संयोजक शंकर भण्डारी, रणबहादुर कुँवर, वर्तमान प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट, दलबहादुर धामी र धर्मसिंह ऐरको नाम सिफारिस गरिएको छ । यस्तै प्रदेशसभा क्षेत्र नम्बर (ख) बाट प्रत्यक्षतर्फ केदारचन्द्र भट्ट, गोपाल चन्द , ईश्वरी भट्ट र रमेश चन्दको नाम सिफारिस गरिएको छ। प्रदेश समानुपातिकतर्फ पार्वती नेगी, रेणु चन्द र लक्ष्मी पोखरेल बिक सिफारिस भएका छन् ।