डडेलधुरा। प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा भदौ १७ मा नेपाली कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ। कांग्रेस सभापति देउवाको गृहजिल्लास्थित बसेको बैठकले डडेल्धुरामा गठबन्धन नगर्ने निर्णय गरेको थियो। चुनाव लड्न कांग्रेस एक्लै सक्षम रहेको भन्दै अरु पार्टीसँग गठबन्धन नगरेर मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो ।
यसैबिच प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरालाई बिशेष चाँसोका साथ हेरीएको छ। २०४८ देखि डडेल्धुराबाट निर्वाचन लड्दै आएका देउवा सबभन्दा धेरै चुनाव जित्ने सीमित नेताहरुमा पर्छन्। उनले ६ वटा चुनाव जितेका छन्। देउवाले हालसम्म लडेको चुनावमा सबभन्दा चुनौती खेपेको २०६४ को पहिलो संविधान सभामा हो । त्यो बेला देउवाले २० हजार ५२९ मत ल्याउँदा माओवादी केन्द्रका खगराज भट्टले १९ हजार १६१ मत पाएका थिए। २०७० र २०७४ को चुनावमा पनि देउवासँग प्रतिस्पर्धा गरेका भट्ट यो पटक देउवालाई समर्थन गर्न तयार छन् ।
त्यसको बदलामा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्ने सुनिश्चित गरेर डडेलधुराबाट प्रदेशसभा चुनाव लड्ने उनको शर्त छ। माओवादी केन्द्रका नेता खगराज भट्टले आफ्ना शर्त रहेको बताउँदै छलफलमै रहेको बताए। उनले कांग्रेस र गठबन्धनले के ‘रेस्पोन्स’ गर्छ, पार्टीले के प्रस्तावित गर्ने बताए । यता डडेलधुरा कार्यसमितिले गठबन्धन नगर्ने कांग्रेसको निर्णयले भट्टलाई चुनौती थपिएको छ । तर भट्टको शर्तबारे कांग्रेस केन्द्र बोलेको छैन । चुनाव लड्न कांग्रेस एक्लै सक्षम रहेको भन्दै अरु पार्टीसँग गठबन्धन नगरेर मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेकोमा कांग्रेस जिल्ला सभापति भीमबहादुर साउदले स्थानीय मनोविज्ञान अनुसारै निर्णय गरेको बताए ।
एक्लै लड्नुपर्छ भन्ने सबैको आशयका कारण यो निर्णय गरिएको उनको भनाइृ छ । आम जनता र कांग्रेसका कार्यकर्ताको भावना अनुसार गरिएको निर्णय उनले बताए । अघिल्लो पटक वाम गठबन्धन गर्दा पनि जनताले देउवालाई जिताएर बताउँदै लामो समयसम्म कांग्रेसले एक्लै चुनाव लडेको बताए । सारा शक्ति मिल्दा पनि केन्द्रीय सभापतिज्यूलाई जिताएको उनले भने। ३० वैशाखको स्थानीय तह निर्वाचनमा पनि डडेलधुराका कांग्रेस र माओवादी एक्लाएक्लै लडेका थिए । नेपाली कांग्रेसले ५ र बाँकी २ को प्रमुख माओवादी केन्द्रले जितेको छ । स्थानीय चुनावमै पाएको वडागत मतका आधारमा यहाँ कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र नेकपा एमाले तेस्रो शक्ति हुन् । कांग्रेसको मत २१ हजार ७३५ छ भने माओवादीले त्यसको आधा अर्थात ११ हजार ३५४ मत पाएको छ ।
एमालेले १० हजार २२२ मत मतसहित तेस्रो स्थानमा छ। आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एकल प्रतिस्पर्धा गर्ने कांग्रेस जिल्ला कमिटीको निर्णयलाई माओवादी केन्द्रका नेताहरुले गम्भीर रुपमा लिएका छैनन्। देउवा आफैंले गठबन्धन चाहेकाले जिल्लाको निर्णयको अर्थ नहुने उनीहरुको बुझाइ छ । एक नेताले भने, देउवाले यसो गरौं भनेपछि सकिन्छ।’यद्यपि कांग्रेस डडेलधुरा गठबन्धनको विपक्षमा उभिए काउन्टर गठबन्धन बनाउने माओवादीको योजना छ । ‘कांग्रेस यो सोचमा नजाओस् कि गठबन्धन भनेको अरुलाई मात्रै आवश्यक हो,’ माओवादी केन्द्रका डडेलधुरा संयोजक उमेशप्रसाद भट्टले कांग्रेसलाई त्यस्तै लागेको हो भने एक्लै लड्न पनि म चुनौती दिने बताए। यो २०७४ साल होइन यो २०७९ साल हो। आफ्नो संगठनभित्रको विद्रोह र विघटनलाई कांग्रेसले हेर्न जरुरी छ । कांग्रेस गम्भीर नभएको अवस्थामा एन्टी कांग्रेस गठबन्धन बनाउन आफूहरु तयार रहेको उनले बताए। कांग्रेसले गठबन्धन गरेन भने कांग्रेस बाहेकका दलहरुको गठबन्धन बनाएर जान हामी लचक रहेको उनले भने।’उनले भने ‘डडेलधुराकै हकमा एमाले, एकीकृत समाजवादी र बीपी कांग्रेस सबै मिलाएर ‘एन्टी कांग्रेस’ गठबन्धन बनाउँछौं। गठबन्धन नहुने स्थितिमा कांग्रेस बाहेकको गठबन्धन बनाउन आफूहरु पनि तयार रहेको एकीकृत समाजवादीका डडेलधुरा इन्चार्ज नरबहादुर विष्टले बताए । अहिले केही निर्णयमा नपुगेको तर कांग्रेससँग गठबन्धन नहुने अवस्थामा ऊ बाहेकको गठबन्धन बनाउन पनि तयार रहेको उनले जानकारी दिएका छन् ।