धनगढी : आशन्न प्रदेश र प्रतिनिधीसभा निर्वाचनका लागी एमालेले अधिकाशं ठाउँबाट एकल उमेदवारी सिफारिश गरेको छ । बैतडीबाटपनि एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा बर्तमान प्रतिनिधीसभा सदस्य दामोदर भण्डारीको नाम एकल सिफारिश भएको छ । पुर्व अर्थ राज्यमन्त्री समेत रहेका भण्डारी २०७० सालको संबिधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधीसभा निर्वाचनमा बिजयी भएका थिए ।
२०७० सालमा काग्रेंसका लोकराज अवस्थी र माओवादीका नरेन्द्र कुँवर बिजय शुन्दरलाई पराजित गरेका भण्डारी २०७४ सालको प्रतिनिधीसभा निर्वाचनमा बाम गठबन्धनका उमेदवार बनेर काग्रेंसका नर बहादूर चन्दलाई पराजित गर्दै बिजयी भएका हुन् । यस पालीको निर्वाचनमापनि एमालेले भण्डारीलाई एकल उमेदवारका रुपमा सिफारिश गरेको छ । उनले निर्वाचन तयारीपनि शुरु गरिसकेका छन् ।
२०७० सालमा संगै चुनाव लडेका नरेन्द्र कुँवर बिजय शुन्दर र भण्डारीकै बिच चुनावी प्रतिस्प्रधा हुने निश्चितनै भएको छ । श्रोतका अनुसार बैतडीमा गठबन्धनबाट माओवादी केन्द्रको भाग पर्ने भएको छ । सुदूरपश्चिमबाट ४ निर्वाचन क्षेत्र पाउन लागेको माओवादीले कचनपुर १, कैलाली ३ र बैतडी पाउने निश्चित भएको माओवादीका एक नेताले बताए । यस्तै अछाम र कैलाली क्षेत्र नम्बर २ मध्ये माओवादीले एक क्षेत्र लिने बताइएको छ ।
२०६४ सालको संबिधानसभा निर्वाचनमा निर्वाचित भएका नरेन्द्र कुँवर माओवादीका पोलिटब्युरो सदस्य तथा बैतडी ईन्चार्ज हुन् । यस पटक कुँवर र भण्डारीबिच भिडन्त हुँदा झन रोचक प्रतिस्प्रधा हुने देखिएको छ । तर एमालेले भने भण्डारीको जित शुनिश्चित रहेको दावी गरेको छ । एमाले बैतडीका उप सचिव लोकेन्द्र भण्डारीले बैतडीमा भण्डारीसंग प्रतिस्प्रध ागर्न सक्ने बलियो नेता कोही नरहेको बताए ।
काग्रेंस माओवादी जुनसुकै दलबाट आएपनि बैतडीका लागी भण्डारी निकै बलियो उमेदवार रहेको उनले बताए । बैतडीका लागी उल्लेख्य काम गरेका भण्डारी यस पटक लोकप्रिय मतका साथ बिजयी हुने उनको दावी छ । बैतडीमा प्रतिनिधीसभाका लागी माओवादीका कुँवर र प्रदेशसभाका लागी दुइटै क्षेत्र काग्रेंसले पाउने बताइएको छ ।