काठमाडौ। मेचीमहाकाली बुहारी संयुक्त आवाजको तेस्रो वार्षिकोत्सब भब्यताका साथ मनाइएको छ। मेचीमहाकाली बुहारी संयुक्त आवाजको तेस्रो वार्षिकोत्सबको अवसरमा बागमती प्रदेश कार्यक्रम संयोजक तथा काठमाडौ शाखाको आयोजनामा समाज डेन्टलको निशुल्क डेन्टल शिबिरको आयोजना गरिएको हो । निःशुल्क दन्त शिविर बाट स्वास्थ्य लाभ प्राप्त भएको छ ।
यस्तै मनोहरा माध्यमिक विद्यालयमा बिद्यार्थीहरुलाई स्कुल युनिफर्म वितरण कार्यक्रम गरिएको मेचीमहाकाली बुहारी संयुक्तकी कैलाली संयोजक जागृती बोगटीले जानकारी दिइन् । हरेक बर्ष संस्थागत रुपमा वार्षिकोत्सब मनाउने क्रममा हरेक बर्ष बिभिन्न कार्यक्रम गर्दै मनाउने गरिएको एन्जीला श्रेष्ठले जानकारी दिइन् । उनले बिगतका बर्षमा मानव सेवा आश्रममा लुगाकपडा लगायत खाजा बितरण गरिएकोमा यस बर्ष समाज डेन्टल अस्पतालको सहयोगमा २०० भन्दा बढी बिद्यार्थीहरुलाई निशुल्क दन्त परिक्षण गरिएको बताईन् । साथै उनले उक्त बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई स्कुल डे्र्स बितरण गरिएको बताइन् ।यस्तै दृष्टीबिहिन संस्था त्रीनेत्र फाउन्डेसनमा संस्थापक अध्यक्षसँग मृची महाकाली संयुक्त बुहारी आवाजको समुहद्धारा अवलोकन तथा भेटघाट गरिएको छ । मकवानपुर शाखाको सहसचिब राधा सापकोटाको जन्मदिनमा मेचीमहाकाली बुहारी संयुक्तकी कैलाली संयोजक जागृती बोगटीले उक्त संस्थालाई नगद सहयोग गरेकी छिन् । भिडीयो स्रोत: एन्जीला श्रेष्ठ
https://www.facebook.com/anjila.shrestha.75/videos/492740688871327
https://www.facebook.com/100010244983538/videos/pcb.1775033842848098/466396562045941