सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको दशौं अधिवेशनलाई केन्द्रित गरि गौरा पर्वको विदा कटौती गरेको छ । प्रदेश सभामा प्रक्रियामा रहेका विधेयकलाई हतारमा पारित गराउन र अधिवेशन अन्त्य गर्न १७ गते घोषणा गरिएको विदा कटौती गरेको हो ।
यही भदौ १८ गते परेको गौरा पर्वमा संघीय सरकारले विदा दिएकोमा प्रदेश सरकारले थप एक दिन १७ गते पनि विदा दिने भनेर प्रदेश राजपत्रमा उल्लेख गरेको थियो । तर बुधबार एक सूचना जारी गर्दै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले थपिएको एक दिनको विदा झिकिएको जनाएको छ ।
यस्तै भदौ १२ गते थारु समुदायको अटवारी पर्वका लागि कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिइसकिएकाले १९ गतेका लागि राजपत्रमा उल्लेख भएको विदा समेत झिकिएको जनाएको छ ।