कञ्चनपुर। कञ्चनपुरमा एक जना क्याम्पसका विद्यार्थी मृत फेला परेका छन्। कञ्चनपुरको जनज्योती बहुमुखी क्याम्पसमा विएसडब्लु प्रथम सेमेस्टरमा अध्यनरत विद्यार्थी आइतबार मृत फेला परेका हुन्। वेदकोट नगरपालिका-४ का २० वर्षीय अनिक कार्की आफ्नै घरमा झुण्डीएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
घरमा उनी र उनकी श्रीमती मात्रै थिए ।पारिवारिक स्रोतका अनुसार उनले असार १ गते प्युठानबाट प्रेम विवाह गरेका थिए। अहिले उनको शव महाकाली अस्पतालमा राखिएको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।