बाजुरा। बाजुरामा राति १० बजेपछि नाचगान नगर्न जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरेको छ। प्रशासनले एक सूचना जारी गर्दै तीजका अवसरमा हुने नाचगान लगायतका विभिन्न साँस्कृतिक कार्यक्रमहरु राति १० बजेपछि गर्न नपाईने निणर्य गरेको छ ।
जिल्ला सुरक्षा समितिको १० गते बसेको बैठकको निर्णयअनुसार राति १० बजेपछि नाचगान गर्न नपाइने र जिल्लास्थित मदिरा कारोबार गर्ने इजाजत प्राप्त सम्पूर्ण व्यवसायीहरुले राति ९ बजेपछि मदिरा विक्रि वितरण नगर्न सूचनामा भनिएको छ। कुनै पनि ब्यपारीहरुले नियमको उल्लघन गरेमा काननु बमोजिम कार्बाही समेत गर्ने निणर्य गरेको निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले बताएका छन ।प्रचलित कानुन र निर्णय विपरीत कार्य गरेको पाइए कारबाही गरिने सूचनामा उल्लेख छ।