धनगढी। कैलालीको धनगढीमा रहेको सारथी अस्पतालमा पहिलो पटक क्यान्सर र मुटू रोगीका विरामीको उपचार हुने भएको छ । क्यान्सर अस्पताल नेपालगन्जका विशेषज्ञ डा.साजन थापा चेकजाच गर्ने भएका छन् । यही भदौ ३१ गते शुक्रवारका दिन विहान ८ बजे देखि चेकजाच सुरु हुने भएको छ । साथै रगतको सामान्य रोग देखि क्यान्सर सम्म र अन्य रोगहरुको उपचार हुने भएको छ ।
सुदुरपश्चिममा क्यान्सर,मुटु रोग सम्बन्धि उपचार नभएर यहाका मानिस उपचारका लागि बाहिर जानुपर्ने समस्या देखिएका कारण धनगढीमा नै सेवा दिन सके सहज हुने सारथी अस्पतालका प्रबन्ध निर्देशक बेदप्रकाश जोशीले जानकारी दिए। विशेषज्ञ डाक्टरबाट मुटु सम्बन्धीका सम्पुण रोगहरुको उपचार हने भएकोले नाम दर्ता कार्य सुरु भईसकेको प्रबन्ध निर्देशक जोशीले जानकारी दिएका छन् । यसबाट बिरामीहरुले स्वास्थ्य लाभ लिन सक्ने उनले बताए । उनले समयमै नाम दर्ता गराई उपचार सेवा लिन अनुरोध गरेका छन् ।