बैतडी। बैतडीमा बञ्चरो प्रहार गरेर बुवाको हत्या गर्ने छोरा कारागार चलान भएका छन् ।बैतडीकोे डिलाशैनी गाउँपालिका ५ सेराका २२ वर्षीय लोकराज जोशीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए।उनले आफ्ना ६८ बर्षीय बुवा अन्तराम जोशीलाई गएको साउन १३ गते बञ्चरो प्रहार गरेर हत्या गरेको प्रहरीले बताएको छ । उनलाई सोही दिन प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले घटनाको अनुसन्धान सकेर जोशीलाई अदालतमा पेस गरेपछि उनलाई कारागार पठाइएको जनाइएको छ ।
बैतडीको डिलासैनीमा छोराद्धारा बुवाको हत्या, प्रहरीले हत्या गर्नेलाई पक्राउ गर्यो