बैतडी। बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी गरिएको छ । गाउँपालिकामा सेनेटरि प्याड खरिद प्रकृयाको सूचना नदिएको भन्दै ४/५ जनाको समूहले गाउँपालिकामा शुक्रबार तालाबन्दी गरेका हुन् । प्रमुख प्रशासकि अधिकृत र लेखापालको कक्षमा तालाबन्दी गरिएको बताइएको छ।
गत साउन २४ गते सेनेटरि प्याड खरिद प्रकृयाको सूचना माग गर्दै निवेदन दर्ता गरेको भएपनि अहिले सम्म सूचना उपलब्ध नभए पछि ताला लगाउनु परेको सूचना माग कर्ता देव बहादुर चन्दले जानकारी दिए। यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमान्सु भट्टले भने उक्त समूहले माग गरेको सूचना दिएको बताए । तर उनिहरुले बिल र भरपाई समेत मागेको उनको भनाई छ । सूचना उपलब्ध नहुँदा सम्म तालाबन्दी नखुल्ने चेतावनी दिइएको छ।