कैलाली। कैलालीमा फेरि शंकास्पद वस्तु भेटिएको छ। आज दिउँसो कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं १ मुडा बजार नजिकै शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत टिफिनको बट्टामा कालो प्लाष्टिकले बेरेर तारबाहिर नेकालेको अवस्थामा उक्त वस्तु फेला परेको हो।
अहिले उक्त वस्तु डिस्पोज गर्नका लागि सेनाको टोली खटिएको छ। सो घटनाबारे प्रहरी निरिक्षकसहित ५ जनाको टोली र सेनाको टोली खवर भैसेको छ । यसअघिआज बिहान मात्रै कैलालीमा दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका थिए। गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल–अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेर डिस्पोज गरिएको प्रहरीले जनाएको छ। नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीको दाबी छ। नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले आज घोषणा गरेको नेपाल बन्दको प्रभाव धनगढीलगायत सुदूरपश्चिममा पनि परेको छ।