धनगढी : स्थानिय निर्वाचनमा ठुला दल तथा हेबी वेट नेताका रुपमा परिचित नेताहरुले नसोचेको हार ब्यहोर्नु परेको थियो । स्थानिय निर्वाच नझैँ आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनमापनि ठुला दल तथा ठुला नेताहरुका लागी साना दलका उमेदवार र स्वतन्त्र उमेदवार चुनौतीका रुपमा देखिएका छन् । ठुला नेताका क्षेत्रमा साना दलबाट अर्थात स्वतन्त्रबाट उमेदवारी घोषणा गर्ने क्रम बढेको छ । यस संगै उनिहरुले पुराना नेताहरुको बिदाई गर्नुपर्ने अभियाननै चलाएका छन् ।
२०४८ सालदेखी निरन्तर चुनाव जित्दै संसद छिरेका प्रधानमन्त्री तथा नेपाली कागं्रेसका सभापति शेर बहादूर देउवा ७ औँ पटक निर्वाचनमा सहभागी हुने तयारीमा छन् । देउवालाइनै निर्वाचन हराउन उनकै पुर्व सहयोगी खुला रुपमा बिपक्षमा उभिएका छन् । देउवाका पुर्व निजि सचिव समेत रहेका कर्ण मल्ल देउवा बिरुद्धनै चुनाव लड्ने तयारीमा छन् । नेपाली काग्रेंसबाट कार्वाहीमा परेपछि काग्रेंस बिपिको बरिष्ठ उप सभापति बनेका मल्ल यसपाली जसरीपनि देउवा हराउने अभियानमा छन् । देउवालाई देश द्रोही तथा राष्टियता र धर्म बिरोधीको आरोप लगाउँदै मल्ल चुनावी मैदानमा छन् । उनि देउवा बिरुद्धनै डडेल्धुराबाट प्रतिनिधीसभा निर्वाचन लड्ने तयारीमा छन् ।
मल्लले सुदूरपश्चिमेली जनताको लागि देउवाले कुनै सिन्को भाँच्न नसकेको टिप्पणी गरे । पटक–पटक चुनाव लड्दा खेरी बोलेका तिनै एजेण्डाहरूलाई अहिले पनि मुख्य एजेण्डा बनाइरहेको आरोप लगाए । ‘२०५१ सालमा दोस्रो पटक चुनावमा उठ्नु भएको थियो । त्यसको अभियानको अभियान कार्यकर्ता पनि थिए । उहाँले डडेलधुराका हरेका गाँउगाँउमा भन्नुभयो । त्यही कुरा निरन्तर गत वैशाख ३० गते सम्पन्नको स्थानीय निर्वाचन सम्म ल्याउनुभयो । पश्चिम सेती बन्छ, यहाँ कोही बेरोजगार बन्दैनन्, कोही गरिबी हुँदैनन् । त्यही कुरा उनले भने यो गर्दा गर्दा शेरबहादुर देउवाले यसरी ढाँटी रहनुपरेको छ । त्यो शेर बहादुर देउवाको मात्रै जिल्ला होइन । उहाँ अहिले सत्तामा हुनुहुन्छ । प्रधानमन्त्री हुनुहुन्छ । नेपालको सबै भन्दा नागरिकको रुपमा आज हुनुहुन्छ । तर पनि उहाँले आफ्नो सम्पत्ति किन सार्वजनिक गर्नुहुन्न ।’ किन जनतालाई ढाँटी रहनुपरेको छ भन्दै प्रश्न गरे ।
उनले अब प्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्ति छानविको लागि सबैले खबरदारी गर्नुपर्ने बताए । अबको चुनावमा शेरबहादुर देउवालाई विस्थापित गर्नुपर्ने बताए । ‘डडेलधुरामा चुनाव लड्दै गर्दा उहाँले डडेलधुरामा राम्रो बसर्पाक बनाइदिन्छु, सभा कक्ष निमार्ण गरिदिन्छु , डडेलधुरालाई राजधानी बनाइदिन्छु भने । अबको चुनावमा कहाँबाट चुनाव लड्नुहुन्छ त्यो त अहिले घोषणा भएको छैन् । अबको चुनावमा उहाँ जहाँ चुनाव लड्नुहुन्छ । अब म मुलुककै राजधानी यहाँ बनाइदिन्छु मलाई भोट गर्नुस् सातौँ पटकका लागि भन्न बेर छैन्,’उनले भने,‘त्यस कारणले यती स्खलित व्यक्ति, जनप्रतिनिधिलाई फेरि यहाँका जनताले उहाँलाई विस्थापन गर्न बाहेक अर्को कुनै विकल्प छैन् ।’
यस्तै उनले सुदूरपश्चिमकी चेली निर्मला पन्तको अपराधी पत्ता नलाग्नुमा सरकार नै दोषी रहेको बताए । ‘निर्मला पन्तजस्ता सुदूरपश्चिममा १३ वर्षीया नाबालिका बलात्कार भएर हत्या हुँदै गर्दा खेरि सरकारले सरकारलाई पीडा भएन,’ उनले भने, ‘यतिका दिन बित्यो तर यो समाजलाई, घर परिवारलाई पीडा भयो। तर, जनताका प्रतिनिधि हुँ भन्नेहरूलाई भएन ।’ अब सुदूरपश्चिमका जनताले उनीहरूलाई जनप्रतिनिधि हुन लायक छैनौँ भनेर भन्नुपर्ने अवस्था आएको उनको भनाइ छ । यस्तै मल्लेले शेर बहादुर देउवाका गल्तीहरू तथ्य प्रमाण सहित देउवाकै आम सभामा राख्न सक्ने चेतावनी दिए ।
प्रधानमन्त्री देउवाकै बिरुद्धमा उमेदवार बन्न गुल्मी स्थाई घर भएका सागर ढकाल केही दिन अघी डडेल्धुरामा पुगेका थिए । देउवा जस्तै पुराना नेताबाट देश नबन्ने बताउँदै ढकाल डडेल्धुराका जनताहरुलाई भेटेर काठमाण्डौँ फर्केका छन् । देउवालाई हराए मात्रै देशले निकाश पाउने बताएका ढकालले डडेल्धुरामा देउवालाई हराएर आफु चुनाव जित्ने दावी गरेका छन् ।
ढकालले मुलुक हाँक्न ४० वर्ष मुनिका युवा आवश्यक रहेको बताए । उनले आगामी संसदीय निर्वाचनमा ‘थोरै नयाँ होइन पूरै नयाँ’ अभियानसहित तीन वटा मुद्दा लिएर अगाडि बढेको बताए । जसमा वातावरण विकाससँग सँगै संस्कार संस्कृति, युवाहरूको प्रत्यक्ष नेतृत्व बुवाआमाबाट सल्लाह, हजुरवुवा हजुरआमाहरूलाई स–सम्मान आराम र विकास र संविधानमा उल्लेख गरिएका बुँदाहरू कार्यान्वयन छन् । शेरबहादुर देउवालाई आराम दिन आएको उनी बताउँछन् । केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड लगाएतलाई आराम दिन देशभरि युवा उठाउने अभियान सुरु गरेको उनको भनाइ छ ।
व्यवस्था पाइसकेकोले अवस्था परिवर्तन गर्ने समय आएको उनको भनाइ छ। डडेल्धुराबाट देशभरि सन्देश दिन आफूले उम्मेदवारी दिएको उनले बताए । सांसद बन्नको लागि मात्रै हो भने शिक्षित सहरबाट चुनाव लड्न सक्ने उनको तर्क छ । डडेल्धुरामा मात्रै आगो बाल्न सके देशभरि फैलिन सक्ने उनको दाबी छ ।
उनी भन्छन्, ‘१६५ क्षेत्रबाटै युवा उठे । तर, म डडेल्धुराबाट हारे भने अन्य ठाउँबाट त जित्छन्, म हार्नु ठूलो कुरा होइन देशले जित्नु पर्छ। म देउवालाई हराउन आएको होइन्। ४०÷५० देशलाई कसरी हाक्नु पर्दछ भन्ने भिजन ल्याएर आएको हुँ ।’
यता प्रधानमन्त्री तथा नेपाली काग्रेंसका सभापति शेर बहादूर देउवा पत्नी आरजु राण देउवाको निर्वाचन क्षेत्र कैलाली क्षेत्र नम्बर ५ मा पनि बैकल्पीक उमेदवारका रुपमा बिभिन्न दल तथा स्वतन्त्रबाट तयारीमा छन् । भरखरै निर्वाचन आयोगमा दर्ता भएको स्वतन्त्र पार्टी देखी साना पार्टी र स्वतन्त्रबाट आरजु बिरुद्ध उमेदवारी धेरैले घोषणा गरिसकेका छन् । काग्रेंसबाट कारवाहीमा परेका पुस्करनाथ ओझाले स्वतन्त्र उमेदवारी घोषणा गरिसकेका छन् । यस्तै थारु आन्दोलनका अगुवा लक्ष्मण थारुले नागरिक उन्मुक्तीबाट कैलाली क्षेत्र नम्बर ५ मा उमेदवारी घोषणा गरिसकेका छन् । पुराना र पैँसाको आडमा चुनाव लड्नेलाई नभई जनताका मुद्धा उठाउनेलाई जनताले मत दिने दावी गर्दै थारुले आफु बिजयी हुने बताएका छन् ।
थारु नागरिकको पहिचान र टिकापुर घटनाका अभियुक्त रेशम चौधरीको रिहाइका लागि आफुले कैलाली–५बाट चुनाव लड्ने र सहजै जीत हुने बताए । आफ्नो उम्मेदवारी नौलो नभई स्वभाविक भएको उनको भनाई छ । उनि नागरिक उन्मुक्ति पार्टीबाट चुनाव लड्ने छन् । ‘राज्यको सम्पति दोहन गरेर ठुला दलका नेता पैशा र शक्तिको आडमा चुनाव लड्न सक्छन्, ‘उनले भने, ‘तर मतदाता अव पैसामा विक्ने वाला छैनन्, यहाँका मतदाताको पहिलो रोजाई ढकिया हो ।’
कैलाली, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही देखि झापा सम्म एक चरणमा नागरिक उन्मुक्ति पार्टीले आफ्नो प्रचार सम्पन्न गरेको बताउँदै उनले भने, ‘यस विचमा कैलालीका गाउँ, टोलमा हामी गएका छौं, कैलालीमा सवैले नागरिक उन्मुक्ति पार्टी पहिलो विकप्ल हो भन्ने बुझि सकेको देखियो, यसले पनि हाम्रो जीत सुनिश्चित छ ।’
देशकै प्रधानमन्त्री तथा शिर्ष स्थानमा रहेका नेताहरु बिरुद्धनै स्वतन्त्र तथा भरखरै दर्ता भएका दलबाट उमेदवारी दिने क्रम बढिरहँदा पुराना नेताले जनमतको सम्मान नगरेको आम नागरिकको गुनासो छ ।