धनगढी। नेपाल परिवार दल सुदूरपश्चिम प्रदेशले मंसिर ४ गते हुने प्रदेश र संघ निर्वाचनबारे छलफल तथा बैठक गरेको छ। आज धनगढीमा भएको प्रदेश जिल्लाको छलफल तथा बैठक कार्यक्रममा मङ्सिरमा हुँने प्रदेश र संघको निर्वाचनको बारेमा बिशेष छलफल तथा नया रणनीति बनाएको हो। बैठकमा मङ्सिरमा हुँदै गरेको सघ र प्रदेशको निर्वाचनको बारेमा बिशेष छलफल तथा नया रणनीति बनाएर जाने बिषयमा छलफल तथा बैठक भएको पार्टीका संयोजक खडक नागरीले बताएका छन्।
उनले नेपाल परिवार दलले निर्वाचनमा के कसरी जाने र सोको तयारीबारेमा कुराकानी भएको जानकारी दिए।कार्यक्रममा आफ्नो धारणा राख्दै जिल्ला अध्यक्ष चौधरीले यो भन्दा गहन किसिमले पार्टीको संगठन बिस्तार गरेर जानुपर्ने सुझाब दिएका छन् । जसका लागी पार्टिका सबै नेता कार्यक्रतालाई संगठन बनाउनको लागि आग्रह गरेका छन्। यस्तैनेपाल परिवार दलका केन्द्रीय सदस्य बिष्णु घिमिरेले नेकपा एमालेले हामीलाई बिश्वास नगरे हामी आफ्नै चुनाब चिन्ह साँचो लिएर निर्वाचनमा जान कार्यक्रताहरुलाइ आग्रह गरेकी छन्। कार्यक्रममा नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेशका सयोजक खडक नागरी ज्युको प्रमुख अतिथि भएको थियो। केन्द्रीय सदस्य बिष्णु कुमारी घिमिरे, केन्द्रीय सदस्य धर्म बहादुर रोकाय, जिल्ला अध्यक्ष बिशाल चौधरी, बैतडी जिल्ला अध्यक्ष सुदर्शन भट्ट, प्रदेश सदस्य सीता पाठक, उप सयोजक इन्द्रा राना, जिल्ला सह सचिव जनक बम, जिल्ला सदस्य नरेश दहित, प्रदेस सदस्य माया चौधरी, पिस फोर्सका सयोजक अजय जैरु, पिस फोर्सका उपाध्यक्ष रितिक आचार्य, नेपाल परिवार दलका बरिस्ठ सल्लाहकार योगेन्द्र चन्द लगायतका नेता कार्यक्रताको बैठकमा उपस्थित रहेको थियो।