नेपाल कम्युनिस्ट पार्टी डडेल्धुराले राजेन्द्र निर्माण सेवाका सञ्चालक भिम बहादूर साउँदलाई कार्वाही गर्ने चेतावनी दिएको छ । बिप्लव नेतृत्वको नेकपाको डडेल्धुरा संगठन समितिले बुधबार बिज्ञप्ती जारी गर्दै साउदले बुडर–दैजी सडकमा काम गर्ने मजदुरको ज्याला नदिएको भन्दै कारबाही गर्ने चेतावनी दिएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘राजेन्द्र निर्माण सेवाका सञ्चालक भीमबहादुर साउदले बुडर–दैजी सडकमा काम गर्ने मजदुरको पारिश्रमिक अहिलेसम्म पनि नदिएको भन्दै व्यापक जनगुनासो आएको छ। मजदुरको ब्याजसहित यथासिघ्र भुक्तानी नभएको खण्डमा हाम्रो पार्टीले जनकारबाही गर्न बाध्य हुनेछ।’
साउँद डडेल्धुराको परशुराम नगरपालिकाका निबतृमान मेयर हुन भने उनि काग्रेंस डडेल्धुरा पार्टी सभापतिपनि हुन् ।