धनगढी। कैलालीका पत्रकार रोस्यारा दुर्घटनामा परि घाइते भएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ३८ वर्षीय पत्रकार रोस्यारा बुधबार साँझ घर फर्कने क्रममा दुर्घटनामा परेका हुन्।धनगढी वडा नम्बर ३ चटकपुरस्थीत मोहनापुल–अत्तरिया ६ लेन सडकको सहिद गेट नजिक उनी सवार से२प १९८६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको परेको प्रहरीले जनाएको हो।
सडकमा हिडीरहेका एक जना पैदल यात्रीलाई बचाउन खोज्दा बचाउन खोज्दा उनी दुर्घटनामा परेका थिए। टाउको हात र घुडामा चोट लागेको छ । यस्तै मोटरसाइकलले ठक्कर दिँदा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४० वर्षीय मीनबहादुर रसाइली घाइते भएका छन्। उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुँदैछ।