माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आवको आवश्यकता वामपन्थी दलहरूको एकता रहेको बताएका छन् । रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले एकीकृत गर्न वामपन्थीको बिचमा एकता आवश्यकता रहेको बताएका हुन् ।
‘पुरानो ढंगले अगाडी बढेर अबको आवश्यकता वा क्रान्ति पुरा हुन सक्दैन ’ उनले भने, ‘कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले एकीकृत गर्ने सच्चा वामपन्थीको बिचमा एकता होस् भन्ने हाम्रो प्रयास छ ।’