दार्चुला। सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कार्यालय नभएको दुर्गम ठाउँमा डिपो विस्तार गर्न लागेको छ । चालू आर्थिक वर्षको बजेटमार्फत कम्पनीको पुनर्संरचना गरी प्रदेश र स्थानीय सरकारको सेयर लगानीसहित प्रदेश र स्थानीय तहमा कृषिउपज खरिद बिक्रीको कार्य गर्ने गरी शाखा विस्तार गरिने उल्लेख छ।
सोहीअनुसार कम्पनीले दार्चुलाको टिङ्कर र अपिहिमाल गाउँपालिकाको नौगाडमा नयाँ डिपो स्थापना गरिनेछ । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले कम्पनीको डिपो नभएको ठाउँमा सेवा विस्तार गर्नका लागि नयाँ डिपो स्थापना गर्न लागिएको जानकारी दिए । यसका लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। दुुर्गम क्षेत्रका जनतालाई चामल उपलब्ध गराउन कार्यलय स्थापना गर्न लागिएको उनले बताए।
सुगम जिल्लामा निजी क्षेत्रबाट खाद्यान्न जाने भएकाले दुुर्गम जिल्लाका जनतालाई सुपथ मूूल्यमा चामल उपलब्ध गराउन डिपो विस्तार गर्न लागिएको उनले जानकारी दिए ।हालै उद्योग वाणिज्य तथा आपूूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलाको छाङरुमा रहेको डिपोको पुनस्र्थापना गरेका थिए । २०५० देखि २०६२ सालसम्म सञ्चालन भए पनि २०६३ देखि बन्द थियो । सार्वजनिक पाँच स्थानमा डिपो र वितरण केन्द्रबाट सहुलियत मूूल्यमा खाद्यान्न वितरण हुँदै आएकामा थप सातवटा स्थापनामा डिपो स्थापना गरिएको मन्त्री बडूले जानकारी दिए ।
कम्पनीको हाल सात प्रदेशका साथै विभिन्न जिल्लामा २८ वटा शाखा कार्यालय र २५ वटा डिपो रहेका छन् । कम्पनीले विभिन्न दुुर्गम २४ जिल्लामा खाद्यान्न ढुवानी गर्दै आएको छ। कर्मचारी अभावले कतिपय ठाउँमा डिपो बन्द भएकाले ठेकेदार आफैँले स्थानीय प्रतिनिधिको रोहवरमा चामल बिक्री गर्ने गरेको कम्पनीले जनाएको छ।हाल कम्पनीसँग एक लाख ९० मेट्रिक चामल भन्डारण गर्ने क्षमता भए पनि हाल ७० हजार मेट्रिक टन मात्र मौज्दात रहेको छ। राष्ट्रिय खाद्यान्न सुरक्षा भन्डारणमा २५ हजार मेट्रिक टन र सार्क फुड बैङ्कमा आठ हजार मेट्रिक टन चामल भन्डारण रहेको कम्पनीले जनाएको छ।