धनगढी। सुदुरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रबाट डायलाइसिस सेवा सुरु गरिएको छ। सेती प्रादेशिक अस्पतालपछि निजी क्षेत्रबाट पहिलो पटक धनगढीको नवजिवन अस्पतालले डायलाइसिस सेवा सुरु गरेको हो। नवजीवन अस्पताल धनगढी तथा मार्क इन्टरनेशनल डायलाइसिस सेन्टर बीच भएको सम्झौतापछि झण्डै ६ महिनापछि आज अस्पतालमा सुदूरपश्चिम इन्टरनेशनल डायलासिस् सेन्टरको उद्घाट्न गरिएको हो।
स्वस्थ मिर्गौला, स्वस्थ जीवन नारासहित झण्डै ७ करोड लगानीमा सुदूरपश्चिमका मिर्गौला बिरामीको सहजताका लागि धनगढीमा डायलासिस सेवा सञ्चालन ल्याएको नवजीवन हस्पिटलका सिईओ चक्र कठायतले जानकारी दिए।संचालनमा आएको डायलासिस सेवामा पहिलो चरणमा ६ वटा बेड संचालनमा ल्याएको छ। त्यसपछि १० बेडसम्म बिस्तार गरिने जनाइएको छ । महिनामा १२० जना देखि १५० जना बिरामीलाई डायलाइसिस सेवा दिईनेछ।
भने काठमाण्डौमा दिइने डायलाइसिस सेवा धनगढीमै दिईने डा अर्चन शम्शेर राणाले जानकारी दिए। सुदूरपश्चिम प्रदेशका मिर्गौलाका बिरामीले डायलाइसिस सेवाका लागि सेती प्रादेशिक अस्पतालमा लामो समयसम्म बिरामीले कुर्नु पर्ने बाध्याता थियो भने काठमाडौ जानू पर्ने बाध्यता रहेको छ। कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल डाइरेक्टर बिदुर मणी ढकालले सुदुरपश्चिमका पहाडी जिल्लाबाट काठमाण्डौँ जानुपर्ने बाध्यता हटेको बताए। लाखौँ खर्चेर हप्ताको दुई तिन/चोटी बाहिर जानुपर्ने अवस्थालाई मध्येनजर राख्दै नवजिवन अस्पतालमै सुदूरपश्चिम इन्टरनेशनल डायलासिस् सेन्टरले केही मात्रामा भएपनी राहात दिने उनले जानकारी दिएका छन्।
यस्तै कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ फिजीसियन डाक्टर शुभेसराज कायस्थले आफुले सुदुरपश्चिममा ३० बर्ष देखी स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभब सुनाउदै बिगत भन्दा अहिले स्वास्थ्य क्षेत्रमा निकै प्रगती भएको बताए । जसरी त्यो समयमा सामान्य रुपमा उपचार गर्न उपकरण तथा दक्षजनशक्ती नभएको भन्दै काठमाण्डौँ या भारत जानुपर्ने बाध्यता रहेको सुनाए। कतीपय अवस्था आर्थिक समस्या कारण र बिशेषज्ञ उपचार नहुँदा धेरैले ज्यान गुमाएको बताए। उनले सुदुरपश्चिममा पनी मृर्गौला रोगीले पनी अकालमै ज्यान गुमाउनु परेको अवस्थालाई अन्त्य गर्दै नवजिवन अस्पतालले डायलाइसिस सेवा सुचारु गरेकोमा धन्यवाद ब्यक्त गरे। अब धरै मृर्गौलाका बिरामीलाई धेरै राहात मिल्ने उनले बताए। मिर्गौलाका समस्या भएका बिरामीले समयमै डायलाइसिस गर्न नपाउँदा उपचारबाट बञ्चित हुनुका साथै मृत्यु समेत हुने गरेको छ। पहिलो पटक सुदूरपश्चिममै निजि क्षेत्रको डायलाइसिस धनगढीमा सेवा सुरु भएपछि यहाँका मिर्गौलाका बिरामी लाभान्वित हुने बिश्वास गरेको छ।