कैलाली। मेगा बैँक पहलवानपुर शाखा र घोडाघोडी अस्पताल प्रालि बिच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता भएको छ। आज एक कार्यक्रमका बिच कैलालीको पहलवानपुरमा रहेको मेगा बैँकको शाखा र घोडाघोडी अस्पताल प्रालि बिच छुट सम्झौता भएको हो। अब मेगा बैँकका सेवाग्राहीहरुले उक्त छुट सुबिधा पाउने छन्। घोडाघोडी हस्पिटल प्रालिसँग छुट सम्झौतामा मेगा बैंकका खातावाला, डेबिट/क्रेडिट कार्ड वाहकहरूले बिभिन्न छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।
जस अनुसार सामान्य वार्ड, पोस्ट–ओपी, उच्च हेरचाह, एनआइसियुमा (१० प्रतिशत), सामान्य शल्यक्रिया, अर्थोपेडिक, Gynea obs, ल्याप्रोस्कोपिक सर्जरी (१० प्रतिशत) प्रयोगशाला अनुसन्धान (१० प्रतिशत), युएसजि, एक्सरे, इसिओ, इन्डोसकोपीमा (१० प्रतिशत) तथा ओपीडी/ईआर टिकट–१० प्रतिशत छुट पाईने सम्झौता गरिएको छ । General ward, Post-OP, High care,NICU-10% General Surgery ,Orthopedic,Gynea obs,Laproscopic surgeries-10% Lab Investigation-15% USG,X-ray,Eco,ECG,Endoscopy-10% OPD/ER ticket-10%