धनगढी उपमहानगरपालिकाले सञ्चालन गरिरहेको विशेषज्ञ वडा क्लिनक अन्तरगत वडा नम्बर ६ मा २७३ जनाले उपचार सेवा लिएका छन्। आइतबार सञ्चालन भएको वडा क्लिनकमा जनरल फिजिसियनबाट १ सय ८५ जनाले उपचार सेवा लिएका छन्। यस्तै स्त्री तथा प्रसुति रोग विशेषज्ञको सेवा ८८ जनाले सेवा लिएका हुन्।
१९ जनाले प्रयोगशाला सुविधा लिएका छन् भने अल्ट्रसाउण्ड सेवा १२ जना र इसिजी सेवा ११ जनाले लिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ। वडा क्लिनिकमा २८ जना ७० वर्षमाथिका जेष्ठ नागरिकले उपचार सेवा लिएका छन्।
धनगढी उपमहानगरपालिकाले साउन १ गतेबाट विशेषज्ञ वडा क्लिनिक सञ्चालनमा ल्याएको हो। जसअन्तर्गत विरामीलाई वडामै निःशुल्क स्वास्थ्य सेवा प्रदान भइरहेको छ।