डोटी। नेकपा एकीकृत (समाजवादी) पार्टीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले चुनाव अघि पार्टी एकता सम्भव नभएको तर चुनावी मोर्चा बन्न सक्ने बताएका छन् । पार्टीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमका लागि डोटी पुगेका अध्यक्ष नेपालले संचारकर्मीहरुसंग कुरा गर्नेक्रममा यस्तो बताएका हुन्। अध्यक्ष नेपालले भने – “हामीले स्थानीय निर्वाचन हेरेका छौ, गठवन्धन भनेर मात्र हुदैन, सबै बफादार हुनुपर्छ ।
तर स्थानीय निर्वाचनमा त्यस्तो देखिएन । अब आफ्नै खुट्टामा उभिने हो, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो । चुनावी मोर्चा बन्न सक्छ, तर निर्वाचन अघि कुनै पनि पार्टीसंग एकता हुँदैन ।” संचारकर्मीको प्रश्नको जवाफ दिदै अध्यक्ष नेपालले पार्टी एकताको लागि गृहकार्य समेत अगाडि बढेको बताए । तर निर्वाचन अगाडि एकताको कुरा सम्भावना नभएको समेत उनले बताए ।आज नै डोटीमा एकीकृत (समाजवादी) ले जिल्ला भेला तथा प्रशिक्षणको आयोजना गरेको छ ।