डडेल्धुरा। नेपाली काँग्रेस (बीपी) ले पूर्व प्रदेश सांसद तथा डडेलधुराका नेता कर्ण मल्ललाई पार्टी वरिष्ठ उपसभापति बनाएको छ। काँग्रेस सभापति शेरबहादुर देउवासँग अन्तरविरोध हुनुका साथै पार्टी हितविपरीतका गतिविधि गरेपछि उनी कारबाहीमा परेका थिए । काँग्रेस डडेलधुराका पूर्वसभापति समेत उनले सभापति देउवासँग लामो समयदेखि विवाद रहँदै आएको थियो । कारबाहीमा परेपछि बीपी काँग्रेसमा लागेका उनलाई बुधबार बसेको पदाधिकारी बैठकले वरिष्ठ उपसभापति बनाएको प्रवक्ता शिवप्रसाद सिम्खडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस्तै दाङका हेमन्त बहादुर मल्ललाई महामन्त्री बनाउने निर्णय भएको छ भने डडेलधुराका करुणाकर भट्ट, हरिप्रसाद भट्टहितका १६ जनालाई केन्द्रीय सदस्य बनाइएको छ। कांग्रेस बीपीका प्रवक्ता शिवप्रसाद सिमखडाका अनुसार केन्द्रीय पदाधिकारी बैठकले दाङका हेमन्तबहादुर मल्ललाई महामन्त्रीको जिम्मेवारी दिइएको छ। बैठक पछि जारी विज्ञप्तिमा नागरिकता विधेयक अविलम्ब खारेज गर्न र बढ्दो महँगी नियन्त्रण गरेर जिविकोपार्जन सरल बनाउन सरकारसँग माग गरिएको छ।