डडेल्धुरा। नेपाली काँग्रेस (बिपी) डडेल्धुराको जिल्ला कार्य समिति गठन गरिएको छ। शुक्रबार नेपाली काँग्रेसका संस्थापक सभापति विपी कोइरालाको ४०औँ स्मृति दिवसको अवसरमा समिति गठन भएको हो।जसअनुसार काँग्रेसको विपीको जिल्ला सभापतिमा भरत नेपालीको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको जनाइएको छ ।
सदस्यहरुमा हरिप्रशाद भट्ट, करुणाकर भट्ट, गोकुल बहादुर शाही, सुरेन्द्र बहादुर माली, तिलक बहादुर हमाल, चक्र बहादुर सावद, पदमा गुरुङ, देपकीदेवी पन्त, पदमबहादुर देउवा, डम्मरी वली र नरबहादुर साँकी चयन भएका छन्।यसअघि जिल्ला सभापतिमा तिलक हमाल रहेका थिए।यस्तै काँग्रेस विपीले ४ पालिकामा समेत जिम्मेवारी दिएको छ। अमरगढी नगरसभापतिमा मनोरथ खडायत चयन भएका छन्।
यस्तै परशुराम नगर सभापतिमा राजबहादुर भण्डारी, गन्यापधुरा गाउँपालिका सभापतिमा रमेश माली र आलिताल गाउँपालिका सभापतिको जिम्मेवारी दलबहादुर बोहरालाई दिइएको छ। बाकि अजयमेरु, भागेश्वर , नबदुर्गा गाउपालिकामा छलफल गरेर छिट्टै जिम्मेवारी दिने निर्णय गरिएको छ। नेपाली काँग्रेस (बिपी)डडेल्धुराका सभापति तिलक हमालको सभापतित्व तथा नेपाली काँग्रेसका युवा नेता कर्णबहादुर मल्लको प्रमुख आथित्यतामा किसुन जी भवन डडेल्धुरामा बिपिको तस्बिरमा माल्यार्पण गर्दै कार्यक्रम सुरु भएको थियो ।