बैतडी। बैतडीको शिवनाथमा जंगली बदेलले अन्नबालीमा नोक्सान पुर्याएपछि किसान चिन्तित भएका छन्। बैतडीको विकट तल्लो सोराड भारतसङ्ग सिमाना जोडिएको शिवनाथ गाउँपालिका वार्ड न.३ मल्लो पुडिल,६ मल्लो मड तथा साउगडामा जंगली जनावर बदेलले अन्नबालिमा हानी नोक्सान पुर्याएको हो।
वडा नम्बर ३ मा मात्रै १५ भन्दा बढी किसानको मकै खेती नष्ट गरेको स्थानियले बताएका छन । बिगत केही बर्ष यता विभिन्न आसपासका ठाँउहरुबाट जंगली जनावर आएर खेतीपातिमा क्षेती पुर्याउदै आएका स्थानियले बताए। सोही ठाँउका स्थानीय सुरेन्द्र खत्रीले एउटा मुख्य कारण भारतसङ्ग खुल्ला सिमाना जोडीएको तथा सजिलै सो ठाँउमा प्रबेश गर्ने भएकाले उक्त समस्याहरु समाधानको लागि स्थानीयहरुले अनेक विकल्प खोज्दै आएका र नियन्त्रण हुन नसकेको अवस्था रहिआएको बताए।
उनले भने, अनेक प्रजातिका बन्यजन्तु रातिको समयमा आउने र अन्नबालिमा नोक्सानी पुर्याउने यहाको मुख्य समस्या छ। बर्सेनि मौसम अगाडि तथा अन्नबाली भित्र्याउने समय मौका पार्दै किसानलाई दुखी बनाउने गरेको खत्रीले भने। मेहनत र परिश्रम गरेर पनि उब्जनी नहुँदा चिन्तीत बनाएको उनको दुखेसो छ । मेहनत परिश्रम गरेर पनि आस टुटाईदिने खान छुट्टाईदिने गरेको छ उनले भने, यसरी बारम्बार जंगली जनावरबाट हुने क्षती नोक्सानीबाट आफू लगायत अन्य कृषकहरु चिन्तित भएका छन।
उनका अनुसार क्षेति हुने किसानहरुमा सुरेन्द्र सिँह खत्री, गोपाल खत्री, मोहन साउँद, करन साउँद, उधाक साउँद, कलविर साउँद, विरभान साउँद, देवान साउँद, तेज खत्री, भिम साउँद, डम्बर साउँद, बिरेन्द्र साउँद, लक्ष्मण साउँद, प्रकाश खत्री छन। जंगली जनावरले उनीहरुका सबैको मकै खेती नष्ट गरेको छ । पिडित किसानहरुले जंगलीबँदेलबाट कति पीडित बन्ने भनेर उक्त ठाँउका स्थानीय बासिन्दाहरुले हार गुहार गर्दै गुनासो गर्दै स्थानीय सरकार, सिवनाथ गाउँपालिका तथा वार्ड न३ को कार्यालयलाई राहतको लागि अनुरोध गरेको बैतडी खोज खबर केन्द्रका युवा सम्पादक डम्बर ठगुन्नाले जानकारी दिएका छन ।