डडेल्धुरा। डडेल्धुराको परशुराम नगरपालिकास्थित एक खोलामा पुल नहुँदा स्थानीयले सास्ती बेर्होनुपेरेको छ । डडेल्धुराको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिका सदरमुकाम–१२ देखि वडा नम्बर ६ र ७ जोड्ने पुन्तुरा खोलामा पुल नहुँदा स्थानीयले ज्यानै जोखिममा राखेर ओहोर–दोहोर गर्ने गर्दछन्। मंगलबार बिहान पुन्तुरा खोलामा पानीको वहाव बढेपछि नगरपालिकाको जेसिबीको प्रयोग गर्दै नागरिक तारिएको छ।
नगरपालिकाको जेसिबीले खोला किनारमा फसेका स्थानीयहरूको उद्धार गरीएको हो । वडा नम्बर ६ बाट विद्यार्थी सदरमुकाम जोगबुडा पढ्न आउने गरेका छन्।विद्यार्थीहरू वर्षेनि यो समस्या झेल्दै आइरहेका छन्। वडा नम्बर ६ मा दुई विद्यालय सिद्धनाथ प्रावि सिमलखेत र सिद्धनाथ प्रावि पट्¥यानी २ सय मिटरको दूरीमा छन्। यी विद्यालयबाट पाँच पास भएका अधिकांश विद्यालयहरू खोलाको जोखिम मोल्दै जोगबुडा सदरमुकाम पढ्न आउँछन्। यसका साथै सामाजिक सुरक्षा भत्ता, नागरिकता बनाउन तथा किनमेल गर्न पनि स्थानीयहरू सोही खोला तर्दै जोगबुडा बजार आउने गर्दछन् । चुनावका बेला उम्मेदवारहरूले खोलामा पुन निर्माण गर्ने प्रतिबद्धता जनाउने भएपनि निर्वाचित भएपछि गाउँ नै नफर्किने स्थानीयको आरोप छ। नगरपालिका उपप्रमुख विमला बोहराले पालिकाको बजेटले पुल निर्माण सम्भव नहुने बताइन्। उनले खोलामा पुल निर्माणका लागि प्रदेश र संघीय सरकारसँग माग गर्ने बताएकी छन्।उक्त खोलमा बगेर २०७४ भदौमा एक वडा सदस्यले समेत ज्यान गुमाएका थिए। पुन्तुरा खोलाले बगाउँदा परशुराम नगरपालिका वडा नं ६ सरकुडा घर भएका वडा सदस्य नरबहादुर धामीको मृत्यु भएको थियो।