धनगढी, २ असोज हरिष भट्ट । लामो समयको लकडाउनले सवै क्षेत्रमा नराम्रो असर परेको छ । शिक्षा, स्वास्थ्य, रोजगारी, लगायत दैनिकी चलाउँने मानिस लाई निकै समस्या भईरहेको छ । तर यहि मौका छोपी केहि ब्यवसायी राम्रो पैसा कमाउँने दाउँमा छन् । लकडाउन तथा निष्ोधाज्ञाको मौकामा रातारात धनी हुने सोच बनाएका ब्यवसायी लार्ई खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले कारबार्हिको दायरामा ल्याएको छ ।
क्षेत्रिय खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले लकडाउनको अवधीमा मात्रै अखाद्यवस्तुको कारोबार गर्ने ब्यवसायी लाई खाद्य ऐन २०२३ र दाना ऐन २०३३ अनुसार कार्वाही गरी ४८ हजार ९ सय ५० राजस्व सँकलन छ । पछिल्लो विषम परिस्थीतीमा खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयले कसरी काम गरिरहेको छ, कोरोना सँक्रमण नियन्त्रणका लागी गरिएको लकडाउन र निशेधाज्ञा बिच कार्यालयले कसरी काम ग¥यो र चाडपर्व नजिकिदै गर्दा बजार अनुगमन लाई कसरी प्रभाबकारी बनाउँदै छ, लगायतका विषयवस्तुमा केन्द्रित रहि खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत तथा कार्यालय प्रमुख नवराज दाहाल सँग वरिष्ट सम्बाददाता हरिष भट्टले गरेको कुराकारी
कार्यालय प्रमुख ज्यु यहाँलाई कुराकानीमा स्वागत छ ।
धन्यवाद छ यहाँलाई ।
सर, खाद्य प्रबिधी गुण नियन्त्रण कार्यालय धनगढीले के काम गर्छ । सुदुरपश्चिम प्रदेशमा यस कार्यालयको काम, कर्तब्य जिम्मेबारी र उदेश्य के हो ?
खाद्य प्रबिधी तथा गुणनियन्त्रण कार्यालय धनगढीले सुदुरपश्चिम प्रदेशका ९ ओटा जिल्लामा खाद्य तथा दाना बस्तुको गुणस्तर कायम राख्न नियमनको काम गर्छ । खाद्य स्वच्छता तथा गुणस्तर नियमन, दाना स्वच्छता तथा गुणस्तर नियमन, खाद्य तथा दाना नमुना विश्लेषण र खाद्य प्रविधी बिकास तथा खाद्य पोषण कार्यक्रम सञ्चालन गर्ने गर्दछ । यस्का साथै खाद्य उद्योगहरुको अनुज्ञापत्र जारी गर्ने र नविकरण गर्ने कार्यालयको मुख्य जिम्मेबारी हो । खाद्य सँग सम्बन्धीत बजार, होटल रेष्टुरेण्ट तथा खाद्य उद्योगहरुको अनुगमन गर्ने र त्यँहाको खाद्य स्वच्छता, गुणस्तर कायम राख्नको लागी नियमन गर्ने गरेको छ । खाद्यबस्तुमा कुनै कमी कमजोरी या खराबी नहोस् र स्वच्छ, गुणस्तरीय बस्तु उत्पादन र बिक्रीबितरण यकिन गर्न नियमन र अनुगमनको काम गर्दै आएको छ । यदि त्यस्तो खराबी भेटिएमा पसल, ब्यवसायी तथा उद्योगीलाई खाद्य ऐन २०२३ र दाना ऐन २०३३ अनुसार कार्वाही पनी गर्ने गरिन्छ ।
कोरोना सँक्रमणका कारण करिब ६ महिना लामो लकडाउन र निषेधाज्ञा रह्यो यो बिचमा खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयले के कसरी काम गर्यो ?
लकडाउन अवधि र निषेधाज्ञा बिचमा पनी हामीले काम गरका छौँ । मुख्य काम अन्तरर्गत उपभोक्ताको जहाँ गुनासो आयो त्यहाँ सँयुक्त बजार अनुगमन समिती मार्फत काम गरेका हाँै । सो समयमा बिभिन्न नगरपालीकाहरुबाट राहत बितरणमा अनुगमन गर्नुप¥र्यो भन्ने गुनासा आएका थिए त्यसै अनुसार काम पनी ग¥यौँ । लकडाउन अवधीमा सँयुक्त बजार अनुगमन समितीले ६ पटक अनुगमन गरेका थियौँ । बिभिन्न स्थानिय तहहरुबाट राहात बितरण सम्बन्धित खाद्य नमुनाहरुमा चामल, दाल तेल, नुन, चिनी जस्ता खाद्यबस्तुहरुको ४२ ओटा नमुनाहरु प्राप्त भएका थिए । प्राप्त भएका नमुनाहरुको प्रतिबेदन सम्बन्धित निकायलाई पेश गरेका छौँ । र यो अवधिमा धनगढी उपमहानगरपालीकामा कैफियत चामल भेटिएको गुनासो पछि अनुगमनका क्रममा ३ ओटा नमुना लिइएकोमा एउटामा कैफियत भेटिएकाले जिल्ला अदालतमा असार २५ गते मुद्धा पनी दायर भैसकेको छ । यसरी नै लकडाउन अवधिमा पनी अनुगमन गर्ने कार्य जारी नै राखेका थियाँै ।
खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले के कती बजार ब्यवसाय तथा खाद्य उद्योगहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा कती ब्यवसायी कार्बाहीमा परे । र त्यसबाट कती राजस्व सँकलन भयो ?
गत आर्थिक बर्षमा खाद्य, बजार तथा पसल गरी ८२ वटामा अनुगमन गरेका छौँ । त्यस्तै होटल, रेष्टुरेण्ड ९५ वटा, खाद्य उद्योगहरु २ सय २२ वटामा अनुगमन गरिएको छ । सँयुक्त अनुगमनको टोलीबाट २६ पटक अनुगमन भएको छ । गत आर्थिक बर्षमा जम्मा ३८ ओटा नमुना सँकलन गरी परिक्षण गरिएकोमा ३ ओटा कैफियत तथा न्युन गुणस्तर भेटीएको छ । कैफियत र न्युन गुणस्तर भेटिएका ३ ब्यवसायी मध्ये १ ब्यवसायीको अदालतमा मुद्धा दर्ता भैसकेको र बाँकी २ ब्यवसायीको कार्वाहीको प्रक्रिया अघि बढेको छ । कार्वाही प्रक्रिया अघि बढेकोले बयान लिने ,अनुसन्धान गर्ने र सरकारी वकिल कार्यालयबाट फाईल लिने त्यसपछि सरकारी वकिल कार्यालयबाट राय लिए पछि जिल्ला अदालत या जिल्ला प्रसासन कार्यालयले आफ्नो कार्य अगाडी बढाउँछ । राजस्व सँकलनको कुरा गर्दा गत आर्थिक बर्षमा ६ लाख ७८ हजार रुपैयाँ राजस्व सँकलन भएको छ । र तेस्रो चौमासिक अर्थात लकडाउन परेको बेला पनी ४८ हजार ९ सय ५० राजस्व सँकलन गरेका छौँ । हामीले यो क्षेत्रमा रहेका खाद्य उद्योग र दाना उद्योगहरुलाई खाद्य ऐन तथा दाना ऐन अनुसार स्वच्छता, गुणस्तर र मापदण्ड प्रक्रिया पुरा गरेको छ भनेर यकिन गर्न अनुज्ञापत्र प्रदान गर्ने र नविकरण लाइसेन्स बितरण गर्ने गरिएको छ । गत बर्ष नयाँ ३६ ओटा खाद्य उद्योगहरुले अनुज्ञापत्र लिएका छन् । १ सय ७१ ले नविकरण गरेका छन् ।
अनुगमनका क्रममा खाद्य पदार्थको अवस्था कस्तो पाउनु भयो । उपभोग्य बस्तुहरुको उत्पादन देखी उपभोग गर्दासम्म उद्योगी, ब्यापारी, ब्यवसायी तथा उपभोक्ताले कतीको सचेतना अपनाएको देखिन्छ ?
खाद्य उद्योग अन्तरगत पानी, दुध, दाना जन्य खाद्य पदार्थ अलि बढी जोखीम युक्त खाद्य पदार्थ अन्तरगत पर्दछ । सरकारले पनी यी जोखीम युक्त खाद्य पदार्थको लागी सरकारले छुट्टै आचारसँहिता र निर्देशिका ल्याएको छ । उद्योगको पुर्वाधार,उद्योगमा कार्यरत कर्मचारी, मेसेनरी सामान, भण्डारण, खाद्यबस्तुको परिक्षण, लेबल, बिक्री बितरणको मापदण्ड अनुसार छकि छैन् । त्यो हेर्ने गरिन्छ । तर सुदुरपश्चिम प्रदेशमा पानी र दुध उद्योगमा बिगत भन्दा केही उद्योगीहरुले सचेतना अपनाएपनी अझै धेरै सुधार हुन सकेको छैन् । त्यस्ता उद्योग, ब्यापार ब्यवसायीलाई बेला बेलामा सम्झाउदै पनी आएका छौँ । र त्यस्ता उद्योगहरुबाट खाद्य बस्तुको नमुना लिएर अखाद्य या गुणस्तरहिन बस्तु भेटिए कार्वाही प्रक्रिया थाल्ने गछौँ ।
खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले प्रदेशका क्षेत्र ९ ओटै जिल्लामा कार्य क्षेत्र छ । बिगत बर्षमा कर्मचारी अभाबको थियो अहिलेको अवस्था के छ ?
पक्कै यहाँले सान्र्दभिक कुरा उठाउनु भएको छ । खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभाग अन्तरगत ९ ओटा जिल्ला हेर्ने गरि सुदुरपश्चिम प्रदेशस्तरिय कार्यालय हो यो । नयाँ सँरचना अनुसार खाद्य प्रविधी तथा गुण नियन्त्रण बिभाग अन्तरगत ६ ओटा कार्यालयहरु सञ्चालनमा छन् । यो कार्यालय सँग सँगै ३ ओटा डिभीजन कार्यालय र २ ओटा आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय छन् । काम चाप र जिम्मेबारी बढेपनी जनशक्ति एकदमै न्युन सँख्यामा छन् । यो कार्यालयमा १५ जनाको दरबन्दी भएपनि ३ जनाको भरमा मात्रै काम चलिरहेको छ । र सुदुरपश्चिम प्रदेशमा जम्मा ३५ जनाको दरबन्दी भएपनी त्यहाँका कार्यालयहरुले १÷२ जनाको भरमा काम गरेको अवस्था छ । जनशक्तिका लागी लोकसेवाको प्रक्रियामा गइसकेको अवस्थामा कोभिड १९ का कारण दरबन्दी पुरा हुन सकेको छैन । अब लोक सेवा खुलेपछि मात्रै यो समस्या समाधान हुन्छ ।
समय समयमा बजारमा अखाद्य बस्तु फेला परे भन्ने खवरहरु आउँछन् । अब चाडबाड नजिकीदै गर्दा अखाद्य बस्तुहरुको कारोवार बढ्छ । आगामी दिनमा बजार अनुगमन गर्ने योजना के छ ?
अनुगमन नियमित प्रक्रिया हो । अनुगमन दशै तिहारमा मात्रै नभएर अन्य समयमा पनी अनुगमन गरिहेका हुन्छौँ । अब बिगत बर्षमा जसरी काम गरिएपनी थप ब्यवस्थीत रुपले काम गर्ने योजना छ । उपभोक्ताको उजुरी, गुनासो आएपछि तत्काल सम्बोधन गरिने छ । दशै तथा तिहार चाडबाडको समयमा खाद्य बस्तुको कारोवार बढ्ने भएकाले यो समयमा पनी सबैले सजक, चनाखो हुनुपर्ने र निगरानी राख्नुपर्ने हुन्छ । त्यस अवस्थामा हाम्रो कार्यालयले गर्नुपर्ने कार्य अगाडी बढाउने छौँ ।
मैले अन्तमा सोध्न छुटेको र तपाईले भन्न चाहेको कुरा छ केही छ सर ?
नियमित रुपमा उत्पादन हुने, बिक्रीबितरण हुने खाद्य तथा दाना पर्दाथको स्वच्छता र गुणस्तरता कायम गर्ने हो । र यसै सँग सम्बन्धित भएर हामीले बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छौँ । त्यस बाहेक प्रबिधी तथा खाद्य पोषण कार्यक्रमबाट किसानहरुले उत्पादन गरेका खाद्यबस्तुको कसरी बजारीकरण गर्ने र गुणस्तरिय कसरी बनाउने भन्ने कुराको जानकारी प्रदान गर्ने र यसबाट किसान स्वयम स्वरोजगार बनाउन सकिन्छ भन्ने सन्देश कार्यालयले दिदैँ आएको छ ।