डडेल्धुरा। डडेल्धुराको एक बिद्यालयका प्रधानाध्यापकको राजिनामा र शिक्षिकाको सरुवा माग्दै तालाबन्दि गरिएको छ। डडेल्धुराकोअमरगढी नगरपालिका–७ पोखाराको उग्रतारा माविमा स्थानीयहरुले तालाबन्दि गरेका छन । प्रधानाध्यापकको राजिनामा र एक शिक्षिकाको सरुवा माग गर्दै स्थानीय एवं अभिभावकहरुले बिद्यालयमा तालाबन्दि गरिएको स्थानीयले बताएका छन । सोही बिद्यालयमा हिजो (शुक्रबार) बिहान ११ बजे प्रधानाध्यापक चन्द्र बहादुर शाहुले बिद्यालयका लेखापाल टेका ऐरलाई कुटपिट गरेका थिए ।
उनिहरुको झगडाले बिद्यार्थीहरु हतोत्साहित भएको र यसको निराकरण हुनुपर्ने भन्दै स्थानीय एवं अभिभावकहरुले तालाबन्दि गरेको स्थानीय शेर भण्डारीले बताए। बिद्यालयमा अँग्रेजी बिषयका शिक्षिका हेमा पाठक र प्रधानाध्यापक बिच अनैतिक सम्बन्ध रहेको र यसै कारण बिद्यालयमा कुनै पनि शिक्षक संग प्रधानाध्यापकको राम्रो सम्बन्ध नरहेको स्थानीयहरुको आरोप छ। प्रहरीले वडा अध्यक्ष खडक बोहराको रहोवरमा आयन्दा गाली, वेईजती र झै झगडा नगर्ने र यदी यसो भए यसै कागजका आधारमा कानूनी कार्वाही सहुला बुझुला भनि कागजपत्र भएको वडा अध्यक्ष खडक बोहराले बताए। लेखापालले बिद्यालयमा गाली गरे पछी आफुले रिसको आवेगमा धक्कामुक्का गर्न पुगेको प्रधानाध्यापक शाहुले बताएका थिए । बिद्यालयमा हात उठाउनु सरसर गतल भएको भन्दै उनको चर्को विरोध भए पछी उनँले माफि मगेका थिए। प्रधानाध्यापक शाहु र लेखापाल ऐर अमरगढी–७ पोखराकै स्थानीय वासिन्दा हुन भने लेखापाल ऐर प्रधानाध्यापक शाहुका आफ्नै भिनाजु नाता समेत पर्छन। प्रधानाध्यापक शाहुले लेखापाल ऐरले आफुलाई सधैँ गाली गर्ने बताउदै आएका छन। तर किन गाली गर्छन भन्ने कारण भने खोलिएको छैन । बिद्यालयमा बिद्यार्थीहरु प्रत्येक वर्ष घट्दै गएका छन ।
बिद्यार्थीले शिक्षकलाई पढाउन आग्रह गर्दा प्रधानाध्यापकले पढ्ने भए सर्टिफिकेट लगेर अर्को बिद्यालय जान भनेर झपाड्ने गरेको लेखापाल एरेको भनाई छ। बिद्यालय चालु आर्थिक वर्षमा नमुना बिद्यालयका लागी सिफासिर भए पछी करिब डेढ करोड रकममा ठेक्का मार्फत चार कोठे भवन, खेलमैदान, बिद्यालय जाने बाटोमा पर्खाल र आरसिसि हुन थालेको छ । समयमै रकम निकासा नभए पछी चारकोठे भवनको रकम फिर्ता भएको वडा अध्यक्ष बोहराले बताए । बिद्यालयमा आर्थिक पारदर्शिता समेत हुन नदिन प्रधानाध्यापक शाहुले लेखापाल ऐरलाई बिद्यालय बाट निकाल्ने योजना बनाई कुटपिट गरेको स्थानीयको आरोप छ । बिद्यालयकै शिक्षिका पाठक संग प्रधानाध्यापकको नाम जोडिएको पनि लामो समय भईसकेको अर्का स्थानीय प्रेम ऐरीले बताए । शुक्रवार बेलुकी प्रहरी चौकीमा मिलापत्र गरिदा वडा अध्यक्ष बोहराले पनि प्रधानाध्यापक शाहुलाई बिद्यालयबाट राजिनामा दिन आग्रह गरेका थिए। उनको शैली र व्यवहार प्रती आम स्थानीय वडावासी, बिद्यार्थी, अभिभावकहरु रुष्ट बनेको भन्दै अध्यक्ष बोहराले शाहुलाई राजिनामा दिन आग्रह गरेको बताएका छन।यस सँग सम्बन्धित समाचार हेर्नुहोस यहाँ तल
डडेल्धुरामा एक विद्यालयका प्रधानाध्यापकद्वारा लेखापालमाथि कुटपिट