डोटी। कृषि विकास निर्देशनालयले सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यालय मातहतका उत्कृष्ट ७ जना कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ। सुदूर पश्चिम प्रदेश कृषि विकास निर्देशनालय मातहतका ९ ओटै जिल्ला मध्ये उत्कृष्ट कार्य गरे बापत नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको हो।
पुरस्कृत हुनेहरूमा सुख्खा फलफूल विकास केन्द्र ,सतबाझ बैतडीका अधिकृत आठौँ डम्मर सिंह भाट,कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख अधिकृत सातौँ नरेन्द्र पनेरु,कृषि विकास निर्देशनालय दिपायलका अधिकृत छैटौँ केशव राज पाण्डेय,कृषि ज्ञान केन्द्र बाजुराका अधिकृत छैटौँ मीन प्रसाद जैसी,कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक स्तर पाँचौँ जनक बहादुर सिंह ,कृषि विकास निर्देशनालय दिपायलका हलुका सवारी चालक राजकुमार चौधरी र कृषि ज्ञान केन्द्र बैतडीका कार्यालय सहयोगी दिवाकर पाण्डेय रहेको कृषि विकास निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीले बताए।
आज एक कार्यक्रमका बिच उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गर्दै कृषि विकास निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीले राम्रो काम गर्ने कर्मचारीहरूलाई पुरस्कृत गर्नाले कर्मचारीहरूमा हौसला प्रदान हुने र त्यसले कार्यालयको कार्य सम्पादनमा समेत सहयोग पुग्ने भन्दै प्रत्येक वर्ष राम्रो कार्य गर्ने कर्मचारीहरूलाई पुरस्कार तथा सम्मान गर्नुपर्ने बताए। उक्त पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको सभापतित्व कृषि विकास निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीले गर्नु भएको थियो।