बैतडी। बैतडीको मेलौलीमा बिष्ट फाउन्डेसन क्लब स्थापना गरिएको छ। बुधबार बैतडीको तल्लो सोराड मेलौलि नगरपालिका वडा नम्बर १ को बिष्ट टोलमा बस्ने सम्पूर्ण युवाहरुको आम भेला बसि गाउँमा बिष्ट फाउन्डेसन क्लब स्थापना गरिएको हो। सो गाउँमा सुशासन ,भ्रष्टाचार न्यून तथा आपसि मेलमिलाप कायम गर्नका लागि छ सदस्यीय समिति तयार पारेको जनाइएको छ ।
सँचालक समितिमा अध्यक्ष प्रकाश सिह बिष्ट ,उपाध्यक्ष पारस सिह बिष्टलाई चयन गरिएको छ । यस्तै सचिबमा लक्ष्मण सिह बिष्ट,कोषाध्यक्ष कैलाश सिह बिष्ट लगायत अन्य सदस्यहरु रहेका छन । भने सल्लाहकारमा सँजय बिष्ट ,नामकर बिष्ट,सुरेन्द्र बिष्ट,मनोज बिष्ट, सेतु बिष्ट,राधे सिह बिष्ट लगायत सँचालक समिति छन। बिष्ट फाउन्डेसन क्लबले गाउँ भ्रष्टाचार मुक्त समाज निर्णयमा युवाको भुमिका भन्ने मुल नाराको साथ गाउँमा सामाजिक कार्य लगायत बिभिन्न रचनात्मक काम गर्नेछ । जस अन्तरगत गाउँ भित्र भएका सार्वजनिक मन्दिर ,चौतारामा फुलहरु सरसफाई ,गाउँमा भएका बचत समुह जस्तै सहकारि,बन समिति,लगाएतका समुहलाई घचघच्याउने, सचेत गराउने योजना छ।
यस्तै गाउँमा भैपरि आउने घटनामाथि आपतकालिन समस्यामाथि युवाले सकेको सहयोग तथा टेवा पुर्याउने र गाउँमा हुने बिकाश निर्माणमा बजेटको सदुपयोग तथा खबरदारि गर्ने उदेश्य रहेको बैतडी खोज खबर सम्पादक डम्बर ठगुन्नाले बताएका छन। बिष्ट फाउन्डेसन क्लबको स्थापनामा २५ सदस्यीय समिति तथा ६ जना सल्लाहकार समिति बनाएका छन। साथ सपोट सहयोगका साथै सुझाव सल्लाह अनुसार क्लब अघि बढ्ने र जस्कालागी सल्लाह सुझाब पनी आवश्यक पर्ने बताएका छन।