कैलाली। सेती प्रादेशिक अस्पताल व्यबस्थापन समिति सदस्य डिल्ली राज भट्ट अहिले देशभरका बिभिन्न अस्पतालहरुको अध्ययन तथा अवलोकनमा ब्यस्त छन् । सेती प्रादेशिक अस्पताल व्यस्थापन समिति सदस्यको जिम्मेवारी पाइसकेपछि भट्ट सुदुरपश्चिम प्रदेशका दुरदराजका अस्पताल देखी काठमाण्डौँका ठुल्ठुला अस्पतालहरुको अध्ययन तथा अवलोकनमा ब्यस्त देखीएका छन्।
सेती प्रादेशिक अस्पताल व्यबस्थापन समिति सदस्य भट्ट अस्पतालहरुको अध्ययन तथा अवलोकनमा मात्रै हैन, उनले अस्पतालमा भएका उपकरण तथा दक्षजनशक्ती देखी सेवा प्रवाहको बारेमा ज्ञान लिरहेका छन् । साथै उनले अस्पतालमा भएका प्रगती तथा सुधारका लागी ब्यवस्थापकिय सल्लाह तथा सुझाव दिरहेका छन् ।
यसैबिच उनले अघात पिडितहरुको हेरचाहमा समर्पित एक मात्र ट्रमा सेन्टर राष्ट्रिय चिकित्सक प्रतिष्ठान राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ अध्ययन तथा अवलोकन गरेका छन्। अस्पताललाई कसरि प्रभावकारी तरिकाबाट छिठो छरितो सेवा प्रदान गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रिय ट्रमा सेन्टर मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रमोद कुमार यादवको टिमसंग छलफल गरेका हुन् । साथै उनले ट्रमा सेन्टरको अध्ययन तथा अवलोकनबाट महत्वपुर्ण कुराहरु सिक्ने अवसर प्राप्त भएको सेती प्रादेशिक अस्पताल व्यस्थापन समिति भट्टले जानकारी दिएका छन् ।