धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका श्रष्ठाहरुलाई सम्मान गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी प्रदेशको सामाजिक बिकास मन्त्रालयले ४ जना श्रष्ठालाई सम्मान गरेको हो ।
सामाजिक बिकास मन्त्री गोबिन्द बोहरा तथा राज्यमन्त्री टेक बहादूर रैकाले संयुक्त रुपमा श्रष्ठाहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । उनिहरुलाई सम्मान संगै ७५ हजार रुपयाँ सहित पुरस्कारपनि वितरण गरिएको हो ।
सम्मानित हुनेमा लोक संस्कृती बिधा तर्फ डडेल्धुराको अजयमेरु गाउँपालिका ३ का ६४ बर्षिय बासलेव पाण्डेय, गायन बिधा तर्फ धनगढी उप महानगरपालिका १ कैलालीका ५५ बर्षिय पप्पु कुमार जैरु, ललितकला बिधा तर्फ अजयमेरु गाउँपालिका २ डडेल्धुराका ६४ बर्षिय तारा चुनारा र साहित्य बिधा तर्फ धनगढी उप महानगरपालिका ५ कैलालीका ४५ बर्षिय रामलाल जोशी छन् ।
उनिहरुलाई सम्मान संगै सामाजिक बिकास मन्त्री गोबिन्द बोहरा र राज्यमन्त्री टेक बहादूर रैकाले दोसल्ला ओढाउँदै ७५ हजार नगद सहित सम्मान गरेका हुन् ।