धनगढी। अछाम साफेबगर नगरपालीका १० की चादनी जोशिको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । बिरामी भइ धनगढी स्थित सेती प्रादेशिक अस्पतलमा उपचाररत अछाम साफे १० का चेतराज जोशिकी छोरी चादनी जोशिको उपचारका लागि आर्थिक सहयोग गरिएको हो।
आर्थिक अभावका कारण चादनिको उपचारमा समस्या देखिएपछी समाजसेवी लक्ष्मी बोगटी कुवर र निता खत्रीले आर्थिक सहयोग अभियान चलएका थिए । सो अभियानबाट संकलन भएको २ लाख दुई हजार रकम आज धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालको हातबाट जोशिलाइ हस्तान्तरण गरिएको अभियन्ता निता खत्रीले जानकारी दिइन्।
दुई साता देखि भेन्टिलेटर र आइसियुमा उपचाररत जोशिलाइ आर्थिक अभाव भएको खबर पाएपछी आर्थिक सहयोग अभियान चलाएर सो रकम देश तथा बिदेशबाट सहयोग भएको उनले जानकारी दिइन् । सो आर्थिक सहयोगसङगै बिरामी जोशिका आमा बुवाकालागि खानाको ब्यावस्था सेती प्रादेशिक अस्पताल ब्यावस्थापन समितिका अध्यक्ष निर्मल शाहले उपलब्ध गराइराखेको खत्रीले बताइन् ।
जोशिको उपचारका लागि अझै धेरै रकम लाग्ने भएकाले सहयोगका लागि उनले सबैमा अनुरोध गरेकी छन् ।