डडेल्धुरा। डडेल्धुरामा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार पक्राउ पर्नेमा जिल्लाको आलिताल गाउँपालिका–२ गांखेतका ४२ वर्षीय दानबहादुर थापा मगर रहेका छन्।
डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले ११ वर्षीया पीडित बालिकासहित विभिन्न समयमा महिलाहरुमाथि समेत दुर्व्यवहार गर्ने गरेको खुलेको बताए। उनले पक्राउ परेका थापा मगरमाथि अदालतबाट म्याद थप भएर अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।