कैलाली। बैतडीमा पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुखले महिलामाथि बलात्कार गरेको आरोप लागेको छ। बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र नेगीले एक मजदुर महिलामाथि बलात्कार गरेको आरोप लागेको हो।
कैलाली घर भएकी पीडित महिला बैतडीको पुर्चौडी १ नगरपालिका स्थित इलाका प्रहरी चौकी पुरघाटको भवन निर्माणमा ज्याला मजदुरीको काम गर्दै आएकी थिइन्। उनीसँगै उनका श्रीमान दुवैजना डेराबसेर त्यहाँ काम गर्दै आएका थिए। यस्तै बैतडीकै डिलाशैनी गाउँपालिका स्थायी घर भएका क्याम्पस प्रमुख नेगी पनि पुर्चौडीमा डेरामै बस्थे। क्याम्पस प्रमुख नेगीले असार २० गते २ बजेको राति मुख थुनेर आफूमाथि बलात्कार गरेको महिलाले आरोप लगाएकी छन्। आफ्नी श्रीमतीलाई राती रगेंहात फेला पारेको,प्रहरीले धम्काएको र क्याम्पसका क्याम्पस प्रमुखले धम्की दिएको,स्थानीयले घटना जोगाउन खोजेको रगेंहात फेला परेकी महिलाका श्रीमान चौधरीले बताए ।
आरोपी क्याम्पस प्रमुख नेगीले राती पानी मागेको र दिन जादाँ मुख थुनेर बलात्कार गरेको पिडित महिलाले बताकी छन्। पीडित महिलाले प्रहरीले झुटो बोलिरहेको दाबी गरेकी छन्। उनले, ‘मैले प्रहरीसँग पानी माग्ने बहानामा ती पुरुषले आफूमाथि बलात्कार भएको कुरा भनेकी थिए। तर, प्रहरी र ती क्याम्पस प्रमुखले मलाई धम्की दिएर पानी दिएको कुरा मात्रै बोल्नु भने। मलाई ज्यान मार्ने धम्की दिइएको थियो।’ त्यसपछि डराएर आफू केहीँ नबोली २२ गते नै कैलाली आएको उनको भनाइ छ। यस्तै श्रीमानले समेत मलाई गलत काम गरेको आरोप लगाउँदै छोडेर एक्लै कैलाली पुगेको ती महिलाको गुनासो छ।
यस घटनाबारे जिल्ला प्रहरी कार्यालयले भने कुनै जानकारी नआएको जनाएको छ। शनिवार बैतडी जिल्लाका ३ क्रियाशील विध्यार्थी सगंठनले उक्त आरोप लगाएका हुन् । मजदुर महिलामाथि बलात्कार गरेको आरोप लगाउँदै तीन विद्यार्थी संगठनहरुले शनिबार विज्ञप्ती निकालेर कारवाही गर्न माग गरेका छन्। अनेरास्ववियु, नेविसंघ र अखिल (क्रान्तीकारी)ले संयुक्त विज्ञप्ती निकालेर महिलामाथि क्याम्पस प्रमुखले बलात्कार गरेको आरोप लागेकाले घटनाको सत्यतथ्य छानविन गर्न आग्रह गरेका हुन्। यस्तै अनेरास्ववियु (क्रान्तिकारी र अखिल (क्रान्तिकारी) ले अर्को विज्ञप्ती निकाल्दै क्याम्पस प्रमुख नेगीमाथि झुटो आरोप लगाएको दाबी गरेको छ। सामाजिक सञ्जालमा आएका कुरा प्रमाणित गर्न चुनौती दिँदै दुवै संगठनले क्याम्पस प्रमुखमाथिको आरोप पुष्टि गर्न भनेका छन्।