नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारले देशमा आर्थिक संकट पैदा गरेको आरोप लगाएका छन् । मंगलबार प्रेस
एमाले नेतृत्वको सरकारलाई विस्थापित गरेपछि मुलुकले दुष्परिणाम व्यहोरिरहेको उनले बताए । मुलुक बचतको अवस्थामा थियो तर आज झण्डै दुई खर्बको घाटामा पुगेको उनले बताए ।
गठबन्धन सरकारले ९ महिनामै अर्थतन्त्र डामाडोल पारिदिएको उनले आरोप लगाए । एमालेलाई विस्थापित गर्दा मुलुकले दुर्भाग्य बेहोर्न बाध्य भएको छ । अर्थतन्त्र डामाडोल छ । मूल्यवृद्धि अत्यधिक छ । पुँजीगत खर्च लकडाउनमा भन्दा पनि खराब भएको छ त्यस अर्थमा ५ दल असफल भएको उनले बताए ।
नेकपा एस र माओवादीलाई लक्षित गर्दै उनले नेपाली कांग्रेसको साथ लागेकाहरू कम्युनिष्ट नभएको जिकिर गरे । गठबन्धन सरकार पूर्णरूपमा असफल भएको पोखरेलको भनाइ छ ।
करको दरमा हेरफेर गरेर सीसीटिभी फुटेज नस्ट गर्नु अर्थमन्त्री जनार्दन शर्माको नीतिगत भ्रष्टाचार भएको समेत उनले औंल्याए । यसमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि मिलेमतो रहेको पोखरेलको भनाइ छ ।
यसमा प्रधानमन्त्रीको पनि मिलेमतो नभए चाडो भन्दा चाडो यो विषयमा छनबिन गरी कारबाही गर्नुपर्ने उनले बताए ।
स्थानीय तहको निर्वाचनमा पूर्णरूपमा घेराबन्दी गरेर एमाले सक्ने रणनीति पाँच दलको भएपनि त्यो असफल भएको उनले बताए । आगामी निर्वाचनमा एमालेले अझ राम्रो नतिजा ल्याउने पोखरेलको विश्वास छ ।‘सरकार असफल छ त्यसको विरुद्धमा हामी चुनावमा जान्छौं । नेकपा एमालेलाई बलियो शक्तिको रूपमा स्थापित गरेर अघि बढ्छौं । आउने निर्वाचनमा बहुमत ल्याउँछौं’, उनले भने ।