धनगढी। नेपाली काँग्रेस डडेल्धुराका पूर्व सभापति तथा नेपाली काँग्रेस बिपीका नेता कर्णबहादुर मल्ले शेरबहादुर देउवासँग चुनाव लड्ने बताएका छन्। उनले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासंग संघीय चुनावमा डडेल्धुराबाट उम्मेदवारी दिने बताएका हुन्।
एक टेलिभिजनलाई अनतर्वार्ता दिदै उनले देउवासँग चुनाव लड्ने घोषणा गरे। पार्टीको अधिवेशन तथा स्थानीय तहको निर्वाचनमा सभापति देउवाले गरेको अपहेलनाका कारण पनि देउवाविरुद्द चुनाव लड्ने उनको भनाइ छ। वहाँले पाएको सबैले देखेका छन् तर उहाँबाट के पाए जनताले ,उहाँबाट के पाए डडेल्धुराका जनताले ? उनले भने ।
जुन प्रधानमन्त्री शेर बहादुर देउवाले पार्टिलाई दलबाद, परिवारवाद, धनवाद, कृपाबाद, नाता र मेरो नेपाली काँग्रेस हो र म नै नेपाली काँग्रेस हो भन्ने जसरी पार्टिलाई चलाइ राखीएको छ । त्यसैको उपजमा मैले उम्मेदवारी दिने बताए ।बास्तबिक बिपीको बिचारधाराको तर्फबाट आफुले चुनाव लड्ने बताए ।भिडियो हेर्नुहोस् सौजन्य : योहो टिभी