कञ्चनपुर। कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका ६ प्रतिभानगरका अन्दाजी ३६ बर्षीय देवेन्द्र श्रेष्ठको आज (मङ्गलवार) बिहान चट्याङ लागेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती कञ्चनपुरका अनुसार बिहान आएको वर्षासँगै चट्याङमा परि उनको घटनास्थलमै ज्यान गएको हो । आज बिहानै देखी सुदूरपश्चिमका धेरै स्थानमा वर्षा भइरहेको छ ।