कैलाली। डडेल्धुराको आलीताल गाउँपालिकाका एक कर्मचारी सोमबार बाँधिएको अवस्थामा भेटिएका छन्। कैलालीको गोदावरी नगरपालिका ४ गाईमारे नजिक बुढीतोलामा आलीताल गाउँपालिकाका कर्मचारी लोकेन्द्र सिंह भण्डारी बाँधिएको अवस्थामा फेला परेका हुन् ।
कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ३ सामादैजी घर भई डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत ३७ बर्षीय कम्प्युटर अपरेटर भण्डारी कैलालीको बुढीतोलामा लुटिएको अवस्थामा फेला परेका हुन्। उनका अनुसार घर कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीबाट हिजो (आईतबार) भण्डारी आफ्नै कार(जिप)मा कार्यालय गइरहेका थिए।
पीडितका अनुसार अज्ञात समूहले उनलाई इन्धन हालिदिन्छु भन्दै खानीडाँडासम्मका लगी लिफ्ट मागेको र पछि फोटो खिच्ने बहानामा गाडी रोकी लुटपाट गरेको हो । महेन्द्रनगरबाट आएको भारतीय नागरिक तीन जनाको समूहले इन्धन हालिदिने भन्दै लिफ्ट मागेको र बीच बाटोमा आएपछि आफूलाई कुटपिट गरि लुटपाट गरेर कारसहित फरार भएको उनले बताएका छन्।पीडितको उद्धार गरी उपचारका लागि अत्तरिया पठाइएको छ ।‘सेल्फी खिचौँ’ भनेर कारबाट बाहिर बोलाएर अज्ञात समूहले आक्रमण गरेको छ, चक्कु पनि प्रहार भएको सुनिएको छ,’ आलीताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले भने, ‘कार लगेर भागेका छन्।’
उनका अनुसार कर्मचारी भण्डारी हात, खुट्टा बाँधेको अवस्थामा भेटिएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार प्रदेश ३-०१- २३ च ८७२१ नं को सिल्भर कलरको कारसहित एटीएम पैसा लगायतका सबै जिन्सी तथा नगद समान लुटिएका छन् ।अज्ञात समूहले उनलाई हात, खुट्टा, मुख बाँधेर निर्घात् कुटपिट गरेको जनाएका छन्। सोही कारमा लिफ्ट मागी गईरहेका नामथर खुल्न नआएका ३ जनाले चालकलाई कुटपिट गरी चुन्नी जस्तो कालो कपडाले हातखुट्टा बाँधी सडक देखी अं.१०० मिटर तल जंगलमा फालीएको थियो । उनी हात खुट्टा बाँधिएको अवस्थामा कैलालीको गोदावरी नगरपालिका वडा नं ४ बुढीतोलास्थित राजमार्गबाट अन्दाजी १०० मिटर तल झाडीमा फेला परेको जोशीले बताए ।अहिले उनलाई उपचारका लागि अत्तरियाको पदमा अस्पतालमा ल्याइएको छ। साथमा रहेको मोबाईल सेट थान-१, पर्स थान-१ र कार समेत लगी भागी फरार भएको र उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजतलाश गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक जोशीले बताए।