कैलाली। शुक्रबार सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८५ स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरे । प्रदेशका तिन स्थानिय तह वाहेक अन्य तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन ।
अन्य सबै स्थानिय तहहरुले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गरेपनि बाजुराको बुढिगंगा नगरपालिका, डोटीको बोगटान फुड्सिल गाउँपालिका र अछामको पन्चदेवल विनायक नगरपालिकाले निति तथा कार्यक्रम सार्वजनिक गर्न सकेनन ।
बुढीगंगा नगरपालिकामा निर्वाचन नै नभएका कारण निति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न नसकिएको नगरपालिका कार्यालयले जनाएको छ । यता डोटीको बोगटान फुडसिल गाउँपालिकाले भने अध्यक्ष र उपाध्यक्ष अल्पमतमा परेपछि निति तथा कार्यक्रम सार्वजनिक गर्न नसकेको जनाएको छ ।
कार्यपालिका समितिमा अध्यक्ष र उपाध्यक्ष अल्पमतमा परेपछि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न नसकिएको गाउँपालिका कार्यालयले जनाएको छ । यस्तै अछामको पञ्चदेवल विनायक नगरपालिकामा मेयरविरुद्ध हत्या गरेको आरोपमा किटानी जाहेरी दर्ता भएकाले नगरपालिकाले बजेट ल्याउन सकेको छैन । यही जेठ २० गते किशोर विनोद शाही मृत अवस्थामा भेटिएपछि त्यसको हत्या आरोप कांग्रेसबाट मेयरमा निर्वाचित अम्बिका चलाउनेलाई लागेको छ ।